ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हो आस्वा र सि-आस्वा प्रणाली ?


admin
माघ २३, २०७४ मंगलबार  ७ : ५७ बजे

काठमाडौँ, २३ माघ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारलाई थप सहज बनाउन आगामी फागुन ११ गतेदेखि केन्द्रीय आस्वा प्रणाली लागू गर्ने भएको छ ।

बोर्डले आज एक सूचनामार्फत आस्वा प्रणाली र सेन्टर आस्वा प्रणालीमा फरक रहेको भन्दै त्यसका कुनै दुविधा नराख्न समेत आग्रह गरेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ)ले सि–आस्वा प्रणाली आगामी फागुन ११ गतेदेखि लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा बोर्डले त्यसका लागि सहजीकरण गरिरहेको र आवश्यक मार्गदर्शन गरिरहेको जनाएको छ ।

सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बराबरको रकम रोक्का राखी धितोपत्र बाँडफाँडपछि आवेदनको बाँडफाँड परेको धितोपत्र बराबरको रकम मात्र खाताबाट खिच्ने व्यवस्थालाई आस्वा प्रणाली भनिदै आएको छ ।

सिआस्वामा भने घरमै बसेर पनि धितोपत्र खरिदका लागि आवेदन दिन सकिने भएकाले लगानीकर्ताले आवेदन गर्दा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्य रुपमा रजिष्ट्रेशन नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ । उक्त नम्बर लिई लगानीकर्ता स्वयम् आफै अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

त्यसरी आवेदन दिन नसक्नेका लागि विद्यमान आस्वा फारम भरी बैंक तथा वित्तीय संस्थाबाटै आवेदन दिन सकिने भएकाले दुविधा नराख्नसमेत बोर्डले आग्रह गरेको छ । ‘धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ मार्फत आस्वा प्रणाली लागू गरिएको हो ।

धितोपत्रको सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवासम्बन्धी कार्यनिर्देशिका, २०७४ बोर्डले यसअघि नै स्वीकृत गरिसकिएको छ ।

सिआस्वा विशेष गरी बैंक तथा वित्तीय संस्थाका लागि बढी उपयुक्त हुने बोर्डको भनाइ छ ।

करिब दुई करोड कित्ता शेयर सूचीकृत 

नेपाल स्टक एक्सचेञ्जमा आज एक करोड ९७ लाख ५९ हजार ४८९ कित्ता शेयर सूचीकृत भएको छ । स्टकमा बैंक अफ काठमाडौँको संस्थापक शेयरसँगै अन्य पाँच कम्पनीको शेयर सूचीकृत भएको हो । बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयर, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २३ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

यस्तै छिमेक लघुवित्त विकास बैंकको १६ लाख ५९ हजार २९३ कित्ता बोनस शेयर र आइसिएफसी फाइनान्सको आठ लाख तीन हजार ८८५ कित्ता र स्वदेशी लघुवित्त वित्तीय संस्थाको एक लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । स्टककाअनुसार सोल्टी होटलको पनि ८६ लाख ८८ हजार २४४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com