ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबारमा आईजीपी र विमानस्थल सुरक्षा प्रमुखसँग छलफलमा प्रधानमन्त्री


एबीसी न्यूज

काठमार्डौ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवर र विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीलाई सिंहदरबारमा बोलाएका छन्।

प्रधानमन्त्रीले बोलाएपछि कुँवर ठकुरी दुवैजना केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्।

गत साउन ३ गते हङकङ हुँदै नेपाल भित्रिएको तस्करीको ६० केजी ७१६ ग्राम सुनबारेमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले अनुसन्धान गरिरहेको छ।

उक्त सुन राजस्व अनुसन्धान विभागले बरामद गर्दा विमानस्थल सुरक्षा प्रमुख ठकुरी आफैं भने बिदामा थिए।

सुन तस्करी प्रकरण सार्वजनिक भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल भन्सारको जाँचपास प्रक्रियामा प्रहरीलाई पनि संलग्न गराउनुपर्ने बताएका थिए।

यो प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ दिन अनुसन्धान गरेपछि अहिले त्यसको जिम्मा सीआईबीले पाएको छ।

अलग्गै नौ केजी सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको नाम पनि मुछिएपछि प्रधानमन्त्रीले अनुसन्धान अघि बढाउने बताइरहेका छन्।

महराले मंगलबार दाङमा पुगेर आफू यो प्रकरणमा निर्दोष रहेको बताउँदै आवश्यक परेमा प्रहरीलाई अनुसन्धानमा सघाउने बताइसकेका छन्।

प्रधानमन्त्री प्रचण्डले पनि यसअघि सोमबार सत्ता गठबन्धनको बैठकमा सुन तस्करीमा महराको नाम मुछिएको भन्दै अनुसन्धान अघि बढाउने बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com