ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महायज्ञबाट दुई दिनमै २३ करोड रकम संकलन


admin
माघ २३, २०७४ मंगलबार  ६ : ११ बजे

काठमाडौं, २३ माघ । पर्यटकीय नगरी पोखराको सराङकोटलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने भएको छ । सोमबारबाट सराङकोटमा धार्मिक पर्यटन पूर्वाधार निमार्णका लागि महायज्ञ शुरु भएको छ । महायज्ञमा दुई दिनमै २३ करोड रुपैयाँ संकलन गरिएको छ ।

सराङकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने उद्देश्यले एक दशक अघि सुरु गरिएको विशाल शिव मन्दिरको पूर्णताका लागी महायज्ञ आयोजना गरिएको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।

महायज्ञबाट संकलित रकमबाट ५१ फिटको शिवमूर्ति स्थापना गर्ने लक्ष्य राखिएको छ भने मन्दिरको पूर्णताको लागि १०८ शिवलिङ, १०८ शहस्त्र धारा, विभिन्न देवदेवीको मन्दिर, विशाल बौद्ध मन्दिरको निर्माण गरिने छ ।

त्यस्तै गुरुयोजना अन्तर्गत शिव मन्दिर निमार्ण, बहुउद्देश्यीय भवन निर्माण, ऐतिहासिक संग्रालयल, भ्यूटावर, बालउद्यान, पार्क फुटट्रयाक, हेलीप्याड, वनभोज स्थल आदिको निर्माणमा खर्च गरिने जिसीले बताए ।

पोखरा लेखानाथ महानगरपालिका वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापाले २९ करोडको प्रस्तावित गुरु योजना पुरा गर्न महायज्ञ आयोजना गरिएको बताए ।

महायज्ञको दोस्रो दिनसम्म नगद तथा जिन्सी गरी २३ करोड बराबरको सहयोग घोषणा गरिएको थापाले जानकारी दिए ।

सराङकोटमा धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिएकोे श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको पहिलो दिन नै बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्टद्वारा १६ करोड १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

त्यस्तै पूर्व सभासद् सूर्य बहादुर केसीले १० तोला सुन सहयोग गर्ने घोषणा गरे । पण्डित कुल प्रसाद पहारी (घनश्याम) ले एक रोपनी जग्गा दान, अध्यक्ष प्रेम बहादुर जिसीले २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

निर्माणको चरणमा रहेको अन्नपूर्ण केवलकार प्रा.लि, उद्योगी व्यवसायी, राजनीतिक दल, स्थानीय सहयोगीहरुको संलग्नतामा बृहत्तर योजना अन्तर्गत केही पुर्वाधारका योजना प्रस्ताव गरिएको पनि जिसीले बताए ।

एक सय रोपनी क्षेत्रमा फैलिएको सराङकोट क्षेत्रको विकासका लागी पोखरा लेखनाथ महानगरपालिकामा १३ करोडको पूर्वाधार योजना पेश भईसकेको छ । २०६१ सालमा सुरु गरिएको मन्दिर निर्माणका लागी हालसम्म ९७ लाख भन्दा बढि खर्च भएको छ ।

माघ २२ देखि सुरु भएको महायज्ञ फागुन १ गतेसम्म संचालन हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com