काठमाडौं ३० साउन । भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री दाहालले प्रधानमन्त्री मोदी र भारतीय जनतालाई शुभकामना सन्देश पठाउँदै शान्ति, प्रगति र समृद्धिको कामना गरेका हुन् । जवाफमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्