ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैले कुरा गरेका चिनियाँ व्यापारी सुन होइन फलफूलको व्यापार गर्थे : कृष्णबहादुर महरा


एबीसी न्यूज

काठमाडौं ३० साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफूलाई राजनीतिक रुपमा सिद्धाउने गरी सुन तस्करी प्रकरणमा मुछिएको बताएका छन्।

उनले मंगलबार दाङमा केही पत्रकारहरुसँगको कुराकानीका क्रममा महराले केही मिडियाहरुमा आएको समाचारमा राजनीतिक पूर्वाग्रह रहेको पनि बताएका छन्।

‘यो प्रकरणमा केही मिडियामा समाचार आएका छन्। मैले वक्तव्य दिइसकेको छु। मेरो र छोरा दुवैको विज्ञप्ति आयो। हिजो गृहमन्त्रीको पनि धारणा आएको छ। गृहमन्त्रीको भनाइ आइसकेपछि धेरै हल्ला गर्न आवश्यक ठानिनँ’, उनले भने, ‘सुन प्रकरणसँग सम्बन्धित घटना के हो भन्दा एकजना वाङ भन्ने चिनियाँ मान्छे १०र१५ वर्षयता नेपालमै बस्छन्। उनी नेपाली पनि बोल्छन्। उनीसँग मेरो चिनजान भएको १२ वर्षजति भयो। उनी यहाँ दाङ र रोल्पा पनि आएका छन्। उनी सुन होइन, फलफूल व्यापारी हुन्।’

ई(सिगरेटमार्फत ल्याइएको भनिएको ९ केजी सुन तस्करीका प्रमुख योजनाकार भनिएका चिनियाँ नागरिक वाङसँग आफूले टेलिफोन संवाद पनि नगरेको उनले बताएका छन्।

महराले भने– अनुसन्धानका लागि बोलाउन भनेको छु, जुनसुकै बेला तयार छु
महराबारे सत्ता गठबन्धनमा उठ्यो प्रश्न, गृहमन्त्रीले भने( अनुसन्धान हुँदैछ
महराको नाम लिँदै प्रचण्डले भने स् दोषी पुष्टि भए हत्कडी लगाए हुन्छ
महराले प्रधानमन्त्री र गृहमन्त्रीलाई भने– निवेदन बोकेर सीआईबीमा बयान दिन जान्छु
सुन प्रकरणमा मेरो संलग्नता छैन, त्यो मेरो नम्बर होइन स् कृष्णबहादुर महरा
‘यो सुन प्रकरणसँग सम्बन्धित घटना भनेको, एकजना वाङ भन्ने मान्छे चाइनिज हुन्। उनीसँ चिनजान भएको पनि त्यति नै भएको छ’, उनले भने, ‘मसँग टेलिफोन वार्ता पनि भएको होइन। मसँग भेटेर उनका एकजना साथीले सुनको ‘स’ पनि उच्चारण नगरी भेप ९इलेक्ट्रिक सिगरेट० को सामान आएको छ भन्सारमा भनेका थिए।’

उनले त्यसबेला आफूले केही इलिगल सामान होला पनि भनेर सोधेको बताए। ‘त्यसपछि मैले भन्सारका साथीहरुसँग कुराकानी गरेर लिगल छ भने कानुन अनुसार काम गर्नुहोला भनेको थिएँ। लिगल भए छाडिदिनु, इलिगल भए लिलामी गर्नु भनेको हो।’

उनले आफू जेल परेका बेला जेलमै भएका एकजना साथीसँग कुरा भइरहने पनि बताए।

‘यसैलाई आधार बनाएर बाहिर समाचारहरु आएका छन्। मैले वक्तव्यमा अलिक राजनीति भयो कि भनेको छु।
मैले उल्लेख गरेको निशाना कुनै शक्तिप्रति लक्षित होइन’, उनले भने, ‘सुन प्रकरणमा सत्ता पक्षका मान्छेहरु संलग्न छन् भने आशंका गरिएको थियो। मसँग सुन प्रकरण जोडेर राजनीति भएको ठानेको छु।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com