ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निक्षेप लिने, ऋण नदिने भएपछि बैंकहरुले कसरी गर्लान् नाफा?


abc

काठमाडौं ३० साउन । डिपोजिट बचत लिइरहेका बैंकहरुले अझै पनि कर्जा ऋण दिन सुरु गरेका छैनन्।

लगानीयोग्य रकम तरलता अधिक हुँदासमेत बैंकहरुले लगानी बढाउनेतिर ध्यान नदिएका हुन्।

ऋण नदिएका बैंकहरुबीच निक्षेप बढाउन भने प्रतिस्पर्धा चलिरहेको छ।

प्राणालीमा अधिक तरलता भएका बेला केही वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएको कुराले यसलाई पुष्टि गर्छ।

तरलता सहज हुँदा बैंकहरु कर्जा प्रवाहमा आक्रामक हुने गर्छन्। तर, अहिले अवस्था त्यस्तो छैन।

एकआध बैंकले स्किम नै सार्वजनिक गरी कर्जा प्रोत्साहन गरिरहेका छन्। तर, अन्य डेढ दर्जन बैंक भने निक्षेप बढाउनतिर केन्द्रित छन्।

यता बैंकर्स संघले भद्र सहमतिका नाममा ब्याजदमा गर्दै आएको कार्टेलिङ खारेज गरिसकेको छ। तर, २०८० साउन १ गतेदेखि लागू हुने गरी बैंकहरुले आफूअनुकुल ब्याजदर तय गरे।

नबिल र प्राइम कमर्सियल बैंकले साउनमा निक्षेपको ब्याजदर बढाएर सार्वजनिक गरे। अन्य केहीले स्थिर राख्दा केहीले ब्याजदर सामान्य अंकले घटाए।

निक्षेपको ब्याजदर नघट्दा कर्जाको ब्याजदर घट्ने हुँदैन। यद्यपि साउन तेस्रो सातासम्म कर्जाको डिमान्ड बढ्न नसकेको जानकार बताउँछन्।

साउनको तीन साता ९२२ दिनमा० बैंक तथा वित्तीय संस्थाबाट २७ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको छ।

गत वर्षको अन्तिम दिनसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेका थिए। तर, पछिल्लो २२ दिनमै २७ अर्बले घटेर ४८ खर्ब ५१ अर्ब सीमित भएको छ।

बैंकहरुले नयाँ कर्जा प्रवाह नगर्दा यता टर्म लोनको किस्ता चुक्ताले कर्जा प्रवाह घटेको हो।

गत वर्ष खराब कर्जा सुधारमा केन्द्रित भई कर्जा प्रवाह ठप्प पारेका बैंकहरुले आर्थिक वर्ष २०८०र८१ सुरु भएपनि लगानी बढाउने सुरसार गरेका छैनन्।

अधिकांश बैंकहरुले पछिल्लो समय कर्जाको डिमान्ड नै नभएको जनाउँदै आइरहँदा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा भने कर्जाको डिमान्ड उच्च रहेको ती बैंकका अधिकारी बताउँछन्।

खराब कर्जा सुधारमा केन्द्रित हुँदा नयाँ कर्जा प्रवाह नगरेको उनीहरुको भनाइ छ।

कर्जाको ब्याजदर नघट्नु नै कर्जामा डिमान्ड कम हुनुमा मुख्य कारण रहेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए।

उनले अहिलेको अवस्थामा ब्याजदर नघटाएर कर्जाको डिमान्डको अपेक्षा गर्नु अस्वभाविक हुने बताए।

‘बैंकहरु निक्षेप संकलन गरिरहेका छन्। निक्षेप लिने अनि कर्जा नदिने हुँदा समस्या आउन सक्छ’, ती अधिकारीले नेपाल खबरसँग भने, ‘निक्षेप लिएर कर्जा प्रवाह नगर्दा नाफा कसरी हुन्छरु, यसरी कर्जा प्रवाह नगर्दा भविष्यमा समस्या आउन सक्छ।’

बैंकहरुले थोरै मार्जिन राखेर भए पनि कर्जा प्रवाह केन्द्रित नभए समस्या आउन सक्ने ती अधिकारीको भनाइ छ।

‘कर्जाको ब्याजदर समेत उच्च छ। कर्जाको डिमान्ड कम छ भन्दैमा व्यवसाय बढाउनतिर नलागे कसरी नाफा हुन्छरु’, उनले भने, ‘डिमान्ड बढाउन त ब्याजदर पनि घटाउनु पर्यो नि, निक्षेपको ब्याज तिरेर बस्दा थप समस्या आउन सक्छ।’

‘खराब कर्जा मुख्य कनसर्न होइन। भारतमा खराब कर्जा १० प्रतिशत पुगेको थियो। गत वर्षसम्म बैंकहरुको खराब कर्जा औसत साढे ३ प्रतिशत तल छ। धेरै होइन’, उनले भने।

ब्याजदर नघटेसम्म नयाँ कर्जाको डिमान्ड स्वाभाविक रुपमा नबढ्ने ती अधिकारीको भनाइ छ।

‘ब्याजदर महँगो छ। यस्तो अवस्थामा १५र१६ प्रतिशतमा कर्जा लिँदा २०र२२ प्रतिशत नाफा कमाउनु पर्छ’, उनले भने, ‘यस्तो अवस्थामा मानिहरु रिक्स लिनु भन्दा बैंकमा पैसा राखेर बस्न चाहान्छन।’

मौद्रिक नीतिमार्फत सेयर अटो लोन, रियल स्टेट, धितो कर्जा लगायतको जोखिम भार घटाइएको उनले बताए।

गत जेठसम्मको डाटा हेर्दा पनि २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जा सबैभन्दा धेरै घटेको थियो।

त्यसलाई मध्येनजर गर्दै ५० लाखसम्मको जोखिम भार घटाइएको हो। जुन क्षेत्रमा धेरै असर गरेको देखिएको छ त्यो क्षेत्रलाई सम्बोधन गरेका छौं,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सम्बन्धित

बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १ को मृत्यू २ गम्भीर घाइते

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

माटाेकाे ढिस्काेले पुरिदा एक जनाकाे ज्यान गयाे

यस्तो छ आजको मौसम

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

नेपाल एयरलाइन्सको न्यारोबडीमा पुनः समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com