ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षको अवधिमा विदेशमा रहेका १२ सय बढी नेपालीले ज्यान गुमाए


abc tv

काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका क्रममा एक हजार २०८ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका हुन् ।

“गत आर्थिक वर्ष मृत्यु हुनेमा एक हजार १६३ जना पुरुष र ४५ जना महिला रहेका छन्,” सूचना अधिकारी पौडेलले भने । मृत्यु भएका व्यक्तिको परिवारलाई बोर्डले आर्थिक सहायतास्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको उनले जनाए ।

यस्तै, गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न प्रकारका दुर्घटनामा परी अंगभंग भएका तथा गम्भीर विरामी भएका ३८९ जनालाई पनि बोर्डले आर्थिक सहायता उपलब्ध गरेको छ । सूचना अधिकारी पौडेलका अनुसार अंगभंग तथा गम्भीर बिरामी भएकालाई ९ करोड ९७ लाख ८ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ ।

सोही अवधिमा वैदेशिक रोजगारीमा गएका व्यक्तिको नेपालमा रहेका परिवारका ११२ जना सदस्यलाई स्वास्थ्य उपचार खर्च स्वरुप ५६ लाख रुपैयाँ प्रदान गरिएको छ । छात्रवृत्ति सहायतास्वरुप गत वर्ष बोर्डले वैदेशिक रोजगारीका गएकाहरुको दुई हजार ९५७ जना छोराछोरीलाई दुई करोड ८२ लाख दुई हजार रुपैयाँ उपलब्ध गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएकामध्ये ३४ जना महिला र ७८४ जना पुरुष गरी कुल ८१८ जनाको शव व्यवस्थापन (ढुवानी) गर्न दुई करोड ८५ लाख ८० हजार रुपैयाँ बोर्डले खर्च गरेको छ ।

विभिन्न कारणले विदेश अलपत्र परेका नेपाली कामदारको खोजतलास तथा उद्धारमा पछिल्लो एक वर्षमा ४३ लाख १० हजार ८०० रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । यस्तै, विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल झिकाउनको लागि सम्बन्धित नियोगसँग समन्वय गर्दा दुई करोड ६० लाख ७५ हजार रुपैयाँ खर्च भएको बोर्डले उपलब्ध गरेको विवरणमा उल्लेख छ ।

गत वर्ष नै बोर्डले वैदैशिक रोजगारीमा जानेहरुलाई अभिमुखिकरण तालिमबापतको रकम शोधभर्ना गर्दा तीन लाख ५४ हजार रुपैयाँ खर्च भएको जनाएको छ । “गत आर्थिक वर्ष समग्रमा कल्याणकारी कार्य अन्तर्गत ६ हजार ४६९ जनालाई आर्थिक सहायता स्वरुप कुल ८४ करोड ८० लाख १० हजार ७०० रुपैयाँ प्रदान गरिएको छ,” सूचना अधिकारी पौडेलले बताए ।

गत आर्थिक वर्ष २०७९–८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । गत वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ९९ हजार १९३ जना पुरुष र ७२ हजार १३४ जना महिला रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

सम्बन्धित

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो : अध्यक्ष ओली

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

केपी ओली : गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com