काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा पराजित भएपछि निस्क्रिय रहेका केशव स्थापित नेकपा एमालेका केन्द्रीय सदस्य लगायत पार्टी कमिटीबाट अलग भएका छन् ।
हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो । एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ ।
तर यसबारे स्थापित भने औपचारिक रुपमा बोल्न चाहेनन् । उनले भने, ‘अहिले यसबारे केही नबोलौं । केही दिनपछि बोलौंला ।’
आफूले ‘केही नयाँ’ गर्न खोजेको भन्दै उनले भने, ‘यो पाँच(सात वर्षदेखि मैले केही नयाँ कुरा गर्दैछु, केही नयाँ प्रयोगहरु गर्दैछु ।’
राजनीतिमै रहेर कि नरहेर भन्ने जिज्ञासामा उनले भने, ‘त्यो पनि ठूलो राजनीति हो नि ।’
प्रतिक्रिया दिनुहोस्