ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले सडक अवरुद्ध हुँदा मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत पुर्याउन समस्या


एबीसी न्यूज

काठमाडौ साउन ३० । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत पुर्याउन समस्या भएको छ । बाढीरपहिरोले सडक भत्किएको तथा हवाई मार्गबाट ढुवानी हुन नसक्दा प्रभावितलाई आवश्यक खाद्यान्न, लत्ताकपडा पुर्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अहिले बन्द छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका(२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामका लागि साउन मसान्तसम्म यो सडक बन्द गरिएको हो ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडक बन्द हुँदा बाढी प्रभावितलाई राहत पुर्याउन समस्या छ । उहाँले यो सडक तत्काल खुलाउन सके मात्रै राहत सहज हुने बताए ।हिजो बाढीले क्षति पुर्याएको भौतिक संरचनाको प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापनको काम गरिएको छ । प्रमुख जिल्ला अधिकारी केसीले बाढीले गरेको क्षतिको विवरण सङ्कलनका साथै घरबास गुमाएकालाई आफन्त कहाँ, गाउँपालिका कार्यालय र सामुदायिक भवनमा बसोबासको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । स्थानीय बासिन्दा र मजदुरलाई खानेबस्ने व्यवस्था घरपझोङ र बारागुङ गाउँपालिकाले गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतवार राति आएको बाढीले पुर्याएको भौतिक संरचनाको क्षति विवरण सङ्कलन र घरबास गुमाएकालाई सुरक्षित ठाउँमा व्यवस्थापन गरेका हुन् । घरपझोङ गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र नौ वटा गोठमा बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी दिए ।पूर्वसूचनाका कारण स्थानीयवासीले ज्यान जोगाएका अध्यक्ष गुरुङले बताउनुभयो । कागखोलामा तीन वटा पक्की, एउटा झोलुङ्गे र एउटा काठको पुल क्षति भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागखोलामा निर्माणाधीन मोटरेबल पुलको स्पाम बगाउँदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासँग यातायात सम्पर्कविच्छेद भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com