ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ : डा. कोइराला


ABC NEWS

काठमाडौँ २८ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध पारिरहेको छ । तर सत्ता गठबन्धन र सरकारले भने त्यस्तो छानबिन समिति बनाउन आवश्यक नरहेको दाबी गरिरहेका छन् ।

नेता कोइरालाले भने एमालेकै लाइनमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा धारणा राखेका छन् ।

त्यसबारे छलफल गर्न बसेको पार्टीको संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनिसकेको दाबी गर्दै त्यसबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति जरुरी रहेको दाबी गरे ।

‘सुन तस्करीका विषयमा हामी गम्भीर भएर सोच्नु आवश्यक छ । जो व्यक्ति प्रधानमन्त्रीको निजी सचिव थियो, उसलाई राजस्व अनुसन्धानको प्रमुख बनाएर ७ दिन अघि पठाइन्छ, ऊ जाने बित्तिकै सुन समातिएको छ, त्यसपछि त्यसको अनुसन्धान गर्न सीआईबीलाई दिन आनाकानी भएको छ,’ नेता कोइरालाले भने, ‘त्यसपछि के के भइरहेको छ रु हामी सबैलाई थाहै छ । नेपाल सुन तस्करीको अखडा पहिल्यै भइसकेको छ । यसलाई रोक्ने हो भने उच्चस्तरीय छानबिन समिति बनाएर यसको जरोसम्मै छानबिन हुनु आवश्यक छ । यसबारे पार्टीले गम्भीर भएर सोच्नु आवश्यक छ ।’

नेता कोइरालाले भारतमा सुनको प्रयोग र वैधानिक कारोबारको अवस्था सुनाउँदै नेपाल भएर भारतमा सुन तस्करी भइरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com