काठमाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आधारभूत स्वास्थ्यका सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट प्रसस्त राम्रा काम भएको भन्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको प्रशंसा गरेका छन् ।
अन्य मन्त्रालयको तुलनामा हाल स्वास्थ्य मन्त्रालयबाट धेरै राम्रा काम भएको भन्दै उनले अब बजेट अभाव हुन नदिन नर्सिङ सेवामा देखिएका चुनौतीलाई नीतिगत सुधार गरैर लैजाने बताएका छन् ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले उनको प्रशंसा गरेका हुन् । बस्नेतले गरेका काम देखेर अन्य मन्त्रीहरू दंग पर्ने भन्दै प्रधानमन्त्री दाहालले मन्त्री बस्नेतको प्रशंसा गरेका थिए । ‘१०० दिन पुगेको उपलक्ष्यमा प्रायस् यस्ता कार्यक्रम गरिँदैनन् र यस्ता कार्यक्रममा प्रधानमन्त्री गइहाल्ने धेरै आवश्यकता पनि हुँदैन । तर स्वास्थ्य मन्त्रालयमा जे कामको सुरुवात भएको देखें । जुन उत्साह र गतिका साथ मोहनबहादुरजी अगाडि जानुभएको छ उहाँले निम्त्याएपछि अन्त नगए पनि स्वास्थ्य मन्त्रालयमा जानुपर्छ भनेर उपस्थित भएँ,’ प्रधानमन्त्री दाहालले भने ।
यद्यपि उनले संविधानमा राम्रो कुरा लेखिएको तर व्यवहार तथा कार्यान्वयमा ल्याउन चुनौती देखिएको बताएका थिए । कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले भने अब कुने पनि नेपालकीको पैसा अभावमा मृत्यु नहुने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘आधारभूत स्वास्थ्य पुर्याउन लागिपरेका छौं । सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ । वीर अस्पतालमा ८ बजेदेखि ओपीडी सुरु गरेका छौं । फार्मेसी अनुगमन गरेका छौं । अस्पतालमा १० प्रतिशत बेड निःशुल्क लागू गरेका छौं,’ मन्त्री बस्नेतले भने ।








प्रतिक्रिया दिनुहोस्