ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जङ्गली जनावरद्वारा बालीनाली सखाप


एबीसी न्यूज

काठमाडौ साउन २६ ।  बैतडीमा जङ्गली जनावर बँदेल, भालु, दुम्सी, बाँदरलगायतले आतङ्क मच्चाएका छन् । ती जनावरले पछिल्लो समय मानिसमाथि आक्रमण गर्नुका साथै बालीनालीसमेत नष्ट गर्न थालेका छन् । दिउँसो बाँदर र रातिको समयमा बँदेल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांश क्षेत्रमा मकैबाली जोगाउनै मुस्किल भएको छ । मकैबाली जोगाउन बारीमै जाग्राम बस्नुपरिरहेको अर्का किसान झिमा विष्टले गुनासो गरे।

दिउँसोको समयमा बाँदरले खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको छ । घोगा लाग्ने बेला मकैबाली जङ्गली जनावरले सखाप पार्न थालेको छ । उनले भने, “रातदिन खेतबारीमा टहरा बनाएर पहरा दिँदासमेत मकैबाली जोगाउन सकिने अवस्था छैन, दिनमा बाँदर र रातिको समयमा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ ।”रातिको समयमा मात्रै आउने जङ्गली बँदेल अब दिउँसै बारीमा आउन लागेका छन् । रातिका समयमा बँदेलको बथान आएर किसानले लगाएको मकै वाली नष्ट पार्न थालेपछि भोकमरी हुने चिन्ता बढेको पञ्चेश्वर वीरेन्द्र भट्टले जानकारी दिए । बस्ती नजिकका जङ्गलबाट आएर जङ्गली बँदेलले मकै नष्ट गर्ने गरेको ।छ । उनले भने, “जङ्गली जनावरले मकै सखाप पारेका छन्, जोगाउनै सकस छ ।

भोकमरी हुने चिन्ता पनि बढेको छ ।” किसानले मेहनत गरेर लगाएको बाली बर्सेनि जङ्गली जनावरले सखाप पार्न थालेपछि किसानलाई चिन्ता बढेको छ । हरेक वर्ष जङ्गली जनावरले बालीनालीमा व्यापक क्षति पु¥याउन थालेपछि कतिपय ठाउँका किसानले बालीनाली लगाउनै छोडेका छ । जिल्लाका विभिन्न ठाउँमा जङ्गली जनावरले बर्सेनि बाली नालीमा क्षति पु¥याउने थालेपछि नागरिकको कृषि पेसामा आर्कषण घट्दै गएको छ ।यसैबीच जङ्गली जनावरले मानिसमाथि नै आक्रमण गर्न थालेको छ ।

केही दिन अगाडि शिवनाथ गाउँपालिका २ फट्केढुङ्गाका १२ वर्षीय मनिस साउँदमाथि जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको थियो । मकैबाली खान आएका जङ्गली बँदेलले दिनमै मानवमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ । एकातिर मकैबाली नास हुनै भन्दै चिन्ता बढेको छ भने अर्कोतिर मानवमाथि नै आक्रमण हुन थालेपछि डर पनि बढेको मानसिंह साउँदले बताए। उनले भने, “मेहनत गरेर लगाएको मकैबाली जोगाउन मुस्किल परेका बेला जङ्गली जनावरले मानिसमाथि नै आक्रमण गर्न थालेपछि त्रास फैलिएको छ ।

”जङ्गली जनावरले पारेको क्षतिबारे स्थानीय सरकारले एक्लैले नसक्ने जनप्रतिनिधिले बताउँदै आएका छन् । बैतडीमा १४ हजार पाँच सय हेक्टर जमिनमा मकै खेती हुने गरेको भए पनि पछिल्लो समयमा उत्पादनमा कमी आउन थालेको छ । जङ्गली जनावरले मकैबाली सखाप पार्ने गरेकाले उत्पादन घटेको हो । बाली बीमा नहुँदा किसानले बालीनालीमा क्षति पुग्ने गरेको भए पनि क्षतिपूर्ति पाउँदैनन् ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com