काठमाडौं, २३ माघ । काठमाडौ बिश्वबिद्यालयको अनुसन्धान तथा बिकास क्षमता अभिवृद्धि तथा ग्रामिण बिकास परियोजनाका लागी कोरिया सरकारले नेपाललाई १० मिलियन अमेरिकी डलर अनुदान सहायता प्रदान गरेको छ ।
अर्थमन्त्रालयमा मंगलबार अर्थसचिव शंकर प्रसाद अधिकारी र नेपालका लागी कोरियाली राजदूत यंग सिकले अनुदान सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । परियोजना अन्तर्गत ग्रामिण भेगमा बस्ने समूदायको अबस्था सुधारका लागी काठमाडौ बिश्वबिद्यालयले अनुसन्धान गर्नेछ ।
परियोजनाको कार्यान्वयन कोरियाली संस्था कोईका र काठमाडौं बिश्वबिद्यालयले संयुक्त रुपमा गर्ने जनाईएको छ भने परियोजना सन २०१८ बाट सुरु भई २०२३ मा सम्पन्न हुने अर्थमन्त्रालयले जनाएको छ । सामाजिक आर्थिक विकासका लागी कोरियाली सरकारबाट भएको सहयोगको अर्थमन्त्रालयले स्वागत गर्दे निरन्तरताको अपेक्षा गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्