ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महात्मा गान्धीका पनाति गिरफ्तार


abc tv
श्रावण २४, २०८० बुधबार  ९ : ०९ बजे

काठमाडौं । महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन्। शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो।

‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो।

सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म पनि पक्राउ परेँ, यसमा मलाई गर्व छ,’ लेखेका छन्।

आजै मध्याह्नतिर सामाजिक सञ्जालमा नै अर्को विवरण प्रस्तुत गर्दै तुसारले ‘अन्ततः मलाई रिहा गरिएको छ, इन्कलाब जिन्दावाद’ लेखेका छन्। सन् १९४२ मा आजकै दिन अर्थात् ९ अगस्टमा महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन प्रारम्भ भएको थियो।

यसैबीच महाराष्ट्र एनसीपीका अध्यक्ष जयन्त पाटिलले पत्रकारहरूसँगको कुराकानीमा ‘आज महत्त्वपूर्ण दिन हो । यदि कसैले लोकतन्त्रका विरुद्धमा केही गरे भने देशका जनता एकजुट भएर एउटै नारा लगाउनेछन्। महात्मा गान्धी र अन्य स्वतन्त्रता सेनानीहरूलाई गिरफ्तार गरेको ८१ वर्ष बितिसकेको छ। अहिले उनका नातिनातिनालाई हिरासतमा राखिएको छ। के हामी अझै औपनिवेशिक युगमा छौँ,’ प्रश्न गरे। रासस–एएनआई

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com