ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकाण्डमा आरोप लाग्दैमा कोही अपराधी हुँदैन : वर्षमान पुन


ABC NEWS

काठमाडौं २४ साउन। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सुनकाण्डमा आरोप लाग्दैमा कोही अपराधी नहुने बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्ने क्रममा उपमहासचिव पुनले आरोप लागेका माओवादी नेताहरु पुष्टि भए कानुनी दायरामा जाने बताए ।

“कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए उ जान्छ,” उपमहासचिव पुनले भने, “तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन । आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन ।”

पुनले सुन तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प पनि बाँकी रहेको बताए ।

पुनलाई साउन १७ देखि २२ सम्म बसेको केन्द्रीय समिति बैठकले उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी तोकेका थियो । यसअघिका इन्चार्ज लीलामणि पोखरेलको मधेस प्रदेशमा जिम्मेवारी तोकिएपछि उनको बिदाइ भएको छ ।

उउपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अबका निर्वाचनहरुमा विदेशमा रहेका नेपालीहरु निर्णायक हुने बताएका छन्।

पुनले प्रविधिको उच्चतम् विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण बदल्ने सक्ने अवस्था आएको बताए।

पार्टीहरुले यसअघि नागरिकका घर-घरमा गएर विचार प्रवाह गर्ने र संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने उनले बताए।

‘आजको युग प्रविधिको हो। पहिला जसरी मानिसका घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था नरहन सक्छ’, बुधबार पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पेरिसडाँडामा आयोजित कार्यक्रममा पुनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनमा देशकाभन्दा बाहिर रहेका नेपालीहरु निर्णायक हुनेजस्तो देखिएको छ।’

उनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गरे। पुनले पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेण्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए।

उनले हरेक घरमा डिजिटल बहस हुने गरेको भन्दै एकै घरमा पनि फरकफरक विचारका मानिसहरु हुन थालेको स्मरण गरे।

‘पहिला-पहिला मुखिया र जिम्मावालहरुको धारणा नै आममानिसको हुने जस्तो थियो। पछि राजनीतिक दलहरुका धारणामा मानिसहरु विभाजित थिए’, उनले भने, ‘अहिले त एउटा घरमा चार जना छ र फरक-फरक पेशामा छ भने चारैथरि विचारको छ, चारैवटा स्वार्थको प्रतिनिधित्व गरेको छ। प्रविधिले समाजको चरित्रमा बदलाब आएको छ।’

प्रविधिको उपयोग गर्न नजान्ने र नसक्नेहरुले राजनीतिमा टिक्न नसक्ने भन्दै पुनले पार्टीलाई प्रविधिमैत्री बनाउन आफू सक्रिय रहेको बताए।

उनले नेपाल प्रविधिको व्यापारका लागि उपयुक्त थलो भएको भन्दै आगामी ५ वर्षभित्र वार्षिक ५ खर्ब रुपैयाँ प्रविधिका उत्पादन निर्यातबाट आम्दानी हुने प्रक्षेपण हालै मात्र सार्वजनिक भएको चर्चा गरे।

यद्यपि प्रविधिले नै उत्पादन गरेको कृत्रिम बौद्धिकता भने मानिसका लागि चुनौतीका रुपमा आएको तर्क पुनले गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com