ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच के के भयो सहमति


एबीसी न्यूज

काठमाडौं, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गोप्य सहमित भएको छ । राष्ट्रपतिमा पुनः दोहोरिने भण्डारीले इच्छा व्यक्त गर्दै केही दिनदेखि विभिन्न चरणमा छलफल चलाउनु भएको छ ।

छलफलका क्रममा प्रचण्ड भण्डारीलाई दोहोर्याउन सहमत भएको स्रोत बताएको छ । तर, त्यसको लागि आफूलाई पार्टी अध्यक्ष बनाउन र उपराष्ट्रपतिमा फेरि पनि नन्दबहादुर पुनलाई दोहोर्याउने सर्त समेत अध्यक्ष प्रचण्डले राखेको स्रोतले बतायो । प्रचण्डको उक्त सर्त भण्डारीले पनि स्वीकार गरेको बताएको छ । राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु पर्ने बताएको स्रोतका दाबी छ ।

राष्ट्रपतिमा दोहोर्याउन मनस्थितिमा भएपनि प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन तयार नभएका ओली झस्केको स्रोतको दावी छ। ओली प्रचण्ड सहमत भएकोमा खुशी भएका त छन् तर अध्यक्ष बनाउनु पर्ने बाध्यता आउनेमा डराएका स्रोतले बतायो । राष्ट्रपतिले नै प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनु पर्ने भन्दै लविङ गरेपछि ओली थप दवावमा पर्ने देखिन्छ ।

यो सहमतिले एमालेभित्र हलचल हुने देखिएको छ । वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति हुने इच्छा व्यक्त गरिसक्नु भएको छ । उहाँले सार्वजनिक रुपमै बोल्दै आएको र त्यसको लागि लविङ गरिरहेका गर्नुभएको छ । यसमा अर्का नेता माधव कुमार नेपालले साथ दिनुभएको छ ।

पछिल्लो सहमतिले खनालको इच्छा पूरा नहुने देखिएको हो । खनाल र नेपाल दुबै नेताले प्रचण्डलाई अध्यक्ष बनाउनु पर्ने बताउँदै आएका छन् । तर राष्ट्रपति भण्डारीको पछिल्लो छलफल, भेटवार्ताले फेरि ओली र प्रचण्डलाई एक ठाउँमा ल्याउने देखिन्छ । यसले पार्टी एकतालाई सजिलो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com