काठमाडौ साउन २३ । आज दिनभरी झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ ।लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमविद् गोविन्द झाका अनुसार आज दिनभरी नै पानी पर्ने सम्भावना छ । भोलि पनि यसैगरी पानी पर्ने उहाँले बताए ।पर्सि भने आज र भोलिको तुलनामा कम पानी पर्ने अनुमान छ । यस्तै, खासै पानी नपरेको मधेस प्रदेशमा पनि गएरातिदेखि पानी परिरहेको छ । मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा भइरहेको र अझै हुने सम्भावना रहेको मौसमविद् झाले बताए ।आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्