काठमाडौ साउन २३ । बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ । बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बाग्मतीको पधेंरादोभान ९कर्मैया० जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा छ ।
बाग्मती जलाधार क्षेत्रकै हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार र आसपास भारी वर्षा भएको छ । वर्षा जारी रहने सम्भावना छ । त्यसैले कोखाजोर खोला, मरिन खोला र आसपासका खोलामा आकस्मिक बाढीका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आज दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस्