सुनवल, २२ साउन । आँखा पाक्ने रोग फैलिएपछि सुनवल नगरपालिकाले तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो।
हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले जानकारी दिए।
आँखा पाक्ने रोग (एडिनो भाइरस)को संक्रमण सुनवलमा बढ्दो छ। “आँखाको समस्या बढ्दै गएको हुँदा साउन २३ देखि २५ गतेसम्म विद्यालय बन्द गर्नुहुन र बन्दको सूचना सम्बन्धी जानकारी गर्नुपूर्व आँखाको सुरक्षा सम्बन्धी सचेतीकरण समेत गर्न गराउनुहुन नगर कार्यपालिकाको साउन २२ गतेको निर्णय अनुसार अनुरोध छ,” नगर शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले जारी गरेको सूचनामा उल्लेख छ।








प्रतिक्रिया दिनुहोस्