बागलुङ, २२ साउन । बागलुङमा दुई महिने बालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । जिल्लाको पश्चिम निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना विकलाई २ महिनाको नाबालक हत्यागरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
साउन १८ गते बिहीबार राति विक दम्पतीबीच आपसी विवाद हुँदा बालकलाई तानातान गर्ने क्रममा भुईमा खसी बझारिएर बालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ । प्रहरीले घटना घटेको तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले विक दम्पतीलाई जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको केसीले बताए ।








प्रतिक्रिया दिनुहोस्