काठमाडौं, २२ साउन । लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको घटनामा संलग्न ५७ जनालई नेपाल नर्सिङ काउन्सिलले करबाही गरेको छ । काउन्सिलले प्रहरीको प्रतिवेदनलाई आधारमा मान्दै ती विद्यार्थीलाई कारबाही गरेको हो ।
कारबाही गरिएकामध्ये ५० जनाको परीक्षा नतिजा स्थगित गरिएको छ भने सातजनालाई तीन वर्षसम्म नर्सको लाइसेन्स परीक्षामा सामेल हुन नपाउने निर्णय गरिएको काउन्सिलले जनाएको छ ।
तीनवर्षे कारबाही गरिएका सातजना प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न भएको पाइएको छ । तीमध्ये चारजना अझै फरार छन् । पक्राउ परेका तीनजनालाई जिल्ला अदालत काठमाडौंले जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुुमुद ढुंगेलले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्