ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारविरोधी अभियानको नेतृत्व माओवादीले नै गर्नुपर्छ, मलाई साथ दिनुहोला : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

काठमाडौं २१ साउन । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरोधी अभियान भइपरी नभई योजनावद्ध तरिकाले सञ्चालन गरिएको दाबी गरेका छन्।

आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारको सो अभियानलाई साथ दिन निर्देशन समेत दिएका छन्।

‘यो भ्रष्टाचार विरोधी अभियान भइपरी आएर गरेको होइन। योजनावद्ध तरिकाले लिएर जाने र त्यसको नेतृत्व माओवादीले नै गर्नुपर्छ,’ अध्यक्ष प्रचण्डको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने।

साथै, उनले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने दाबी गरे। उक्त अभियान यतिकै नछाड्ने प्रतिवद्धता बैठकमा प्रचण्डले गरेको ती सदस्यले जानकारी दिए।

‘माओवादीले गरेन भने त्यसको नेतृत्व अरु कसैले गर्न सक्दैन भनेर योजनावद्ध तरिकाले अघि बढेका हौं,’ प्रचण्डले बैठकमा भने, ‘हामी यसलाई त्यतिकै छाड्दैनौं, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला।’

यद्यपि यो बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताए । ‘वाद प्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकतावद्ध भयो भन्ने लागेको छ’ ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने उनले दाबी गरे ।
माओवादीको मुल नेतृत्वमा केन्द्रित भएर हुने आरोपहरुको खण्ड गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

पार्टीको बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सरकारले लिएको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिएर अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरे ।

उनले भने, ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानको फाइलको टुंगोमा नपुगेसम्म रोकिँदैन । हामीले सुशासनको कुरा उठाएपछि अहिले पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको छ । अब पार्टी मूल नेतृत्वमा केन्द्रित भएका आरोपहरुको खण्डन गर्दै भ्रष्टाचारविरोधी सरकारले लिएको अभियानलाई साथ दिएर यो केन्द्रीय समिति अघि बढ्नेछ ।’

उनले आफू पार्टीभित्र अध्यक्ष र बाहिर गएपछि देशको प्रधानमन्त्री भएकाले त्यही अनुसार जिम्मेवारी सम्हाल्नुुपर्ने बताए ।

उनले बैठकमा भने, ‘प्रधानमन्त्रीले देशको नेतृत्व हुनुपर्छ, म पार्टी अध्यक्ष मात्र होइन, म त्यही अनुसार अघि बढ्नेछु ।’

प्रचण्डले के भने – भिडियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com