काठमाडौं, २१ साउन । काठमाडौं महानगरपालिकाले सामाखुसी खोला सफा गर्ने काम सुरु गरेको छ। मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर महानगरले खोला सफा गर्न थालेको हो।
महानगरले असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको थियो।
महानगरले स्ल्याब हटाएर सो खोलालाई पुरानै स्वरूपमा फर्काउनेगरी काम भइरहेको बताएको छ। खोला पुरानै स्वरुपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फmलामको बार लगाउने तयारी महानगरको रहेको छ।
सोही खोलाबाट गत साउन ७ गते १३ वर्षीय बालक साजन मगर बेपत्ता भएका थिए। उनी खोलामाथि स्ल्याब नहुँदा खसेर बेपत्ता भएक थिए।
११ दिनपछि भेटियो सामाखुसी खोलामा बेपत्ता बालकको शव सामाखुसीबाट बिलाएका साजनलाई खोज्दै फर्पिङसम्म उनको शव गत बिहीबार दक्षिणकाली नगरपालिका–७ स्थित नदी किनारमा भेटिएको थियो।








प्रतिक्रिया दिनुहोस्