काठमाडौं, २१ साउन । सरकारले महालेखा परीक्षकसहित संवैधानिक निकायका आयुक्त र सदस्यहरु माग गर्दै विज्ञापन खुलाको छ।
संवैधानिक परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत, वित्त आयोग र मुस्लिम आयोगको सदस्यका लागि आवेदन खुलाएको हो।
संवैधानिक परिषद्को सचिवालयले आइतबार एक सार्वजनिक सूचना निकालेर जम्मा चारवटा पदका लागि आवेदन मागेको हो।
संवैधानिक परिषद्का अनुसार एकभन्दा धेरै पदमा पनि आवेदन दिन सकिने छ।
महालेखा परीक्षकसहित ४ वटा निकायका सदस्य नियुक्ति प्रक्रिया अघि बढाइयो
परिषद्ले संवैधानिक निकायमा नियुक्त हुन योग्य नेपाली नागरिकले आफ्नो आवेदनसहित १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको फारम भरेर बुझाउन भनेको छ।
गत साउन १८ गते महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तिय आयोगका सदस्य र मुस्लिम आयोगका सदस्य नियुक्तिका लागि १५ दिनको समय दिएर सूचना निकाल्ने निर्णय संवैधानिक परिषद्को बैठकले गरेको थियो।
विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको बैठकले चारै निकायमा नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
यी निकायहरूमध्ये कम्तिमा एकजना महिना नियुक्त गर्ने सहमति पनि संवैधानिक परिषद्को बैठकमा भएको थियो।








प्रतिक्रिया दिनुहोस्