काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानमा हङकङ भन्सारले प्रतिवद्धता गरेअनुसार सहयोग नगरेको पाइएको छ ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनको अनुसन्धान लागि भन्सार विभागले साउन गते पत्र पठाएर हङकङ भन्सारसँग सहयोग मागेको थियो ।
जवाफमा हङकङ भन्सारले साउन १२ गते अनुसन्धानमा सघाउने प्रतिवद्धता जनाउँदै विभागसँग ‘एयर वे बिल’ पूर्ण विवरण मागेको थियो । यो भनेको जहाजबाट सामान ल्याउँदाको सम्पूर्ण कागजात हो । विभागले सोही दिन एयर वे बिल हङकङ भन्सारलाई पठाएको थियो ।
एयर वे बिल पठाएको एक साता बितिसक्दा पनि हङकङ भन्सारले उक्त सुन प्रकरणसँग सम्बन्धित जानकारी विभागलाई दिएको छैन ।
“हङकङ भन्सारले सहयोग गर्नुपर्ने हो । तर, एयर वे बिल पठाएपछि अहिलेसम्म कुनै पत्र हामीलाई पठाएको छैन,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बाह्रखरीसँग भने, ‘हामी फेरि पत्र पठाउँछौँ ।
हङकङ भन्सारलाई नेपालको पत्र– ब्याट्री भनेर किन सुन पठाएको ।
साउन ३ गते हङकङबाट ब्रेक सुमा तस्करी भएर आएको करिब एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भइसकेपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
ब्रेक सुको तौल १५५ केजी रहेको छ । तर, त्यसमा सुनको मात्रा कति छ हालसम्म जोखिएको छैन । सुन अहिले राष्ट्र बैंकले राखेको छ ।
हङकङबाट ठूलो मात्रामा सुन तस्करी भएर आएपछि भन्सार विभागले हङकङ भन्सारलाई पत्र पठाएर सोधेको थियो– यति ठूलो मात्रामा सुन पठाउँदा जाँच किन भएन रु हङकङ भन्सारको एक्सरे मेसिनले किन थाहा पाएन । सुन तस्करहरुलाई सहयोग हुने गरी सामान किन पठाइयो रु लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको रु
विभागले विभिन्न प्रश्न उठाएपछि हङकङ भन्सारले अनुसन्धानमा सहयोग गर्ने जनाउँदै विभागसँग एयर वे बिल मागेको थियो । विभागले एयर वे बिल पठाएपछि हङकङ भन्सारले कुनै जानकारी नदिएको महानिर्देशक पौडेलले जनाए ।








प्रतिक्रिया दिनुहोस्