ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैठक वाद, विवाद र संवादको केन्द्र र उत्साहपूर्ण : अध्यक्ष प्रचण्ड


ABC NEWS
श्रावण २०, २०८० शनिबार  ८ : ५४ बजे

काठमाडौँ २० साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाद, विवाद र संवादमा केन्द्रीय समिति बैठक सम्पन्न हुने बताएका छन् ।

शनिवार साँझ बैठकस्थलबाट बाहिरिने क्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले लोकतन्त्र वा जनवाद जे भने पनि धेरै ठुलो अभ्यास भएको बताए । उनले बैठकपछि पार्टी एक ढिक्का भएको महसुस सबैले गरेको बताए ।

‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ । वाद, विवाद र संवादमा यो बैठक टुंगिदैछ’, प्रचण्डको भनाई छ । माओवादी नेतृ रेखा शर्माले माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम लगभग सकिएको बताइन् ।

‘नेताहरूले बोल्ने क्रम लगभग सकियो, आज ७४ जनाले बोल्नुभयो, उनले भनिन्, ‘बोल्ने धेरैजसो नेताले मूलभूत रूपमा पार्टी अध्यक्षको डकुमेन्टको मूल स्प्रिटमा सहमति जनाउनुभएको छ, सरकारका कामलाई धन्यवाद दिनुभएको छ र पार्टी निर्माणमा ठोस अवधारणा आउनुपर्‍यो भन्नुभएको छ ।

उनले अब सबै नेता कार्यकर्ता पार्टी निर्माणको महाअभियानमा जानुपर्ने र त्यसरी जाँदा ठोस र मूर्त कार्य योजना लिएर जानुपर्ने मत बलियो रहेको बताइन् ।

उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीको नेतृत्वमा अध्यक्ष प्रचण्ड निर्विकल्प भएको नेताहरूको धारणा आएको बताए । उनले भ्रष्टाचारका फाइलहरू खोतल्दै जानुपर्ने र दोषी भए सजायको भागी हुनुपर्ने बताए । ‘भ्रष्टाचारका फाइल खोल्दै जानुपर्छ, दोषी भए कारबाहीको भागी हुनुपर्छ’, महराको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com