काठमाडौं, १८ साउन । संघीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले ६ जनाको राजदूतको सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्युयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी स्ट्जरल्यान्ड, सुधीर भट्टराई फ्रान्स, घनश्याम लम्साल कुवेत, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र धनबहादुर वली थाइल्यान्डका लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।
सुनुवाइ समितिको कार्यविधि अनुसार योग्यता अनुभवका साथ जिम्मेवारी बहन गर्ने विषयमा प्रस्तावित राजदूतसँग छलफल गरेको र उजुरीहरूमाथि समेत छलफल गरेर अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्