काठमाडौ साउन १८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भोटको सस्तो राजनीति गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा चितवन २ बाट निर्वाचित रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले सुरू गरेको महिलालक्षित बसप्र५ि उनले यस्तो टिप्पणी गरेका हुन् ।उनले फेसबुकमा लेखेका छन्, ‘आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान् रु जिज्ञासा उठ्नु स्वाभाविक हो । नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ ।
चितवन महिला जागरण र जागृतिको थलो हो ।पञ्चायतकालमा आफू विद्यार्थी राजनीतिका सिलसिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको स्मरण गरेका छन् ।उनले भनेका छन्, ‘आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ ।
नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरूले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ । स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौं ।’चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्नुपर्नेमा सचेत गराएका छन् ।








प्रतिक्रिया दिनुहोस्