ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा विद्युतुसम्बन्धी छट्टै कानुन ल्याइँदै


एबीसी न्यूज

काठमाडौं, १७ साउन । कर्णाली प्रदेश सरकारले विद्युत्सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ । प्रदेशका नागरिकलाई गुणस्तरीय तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सो ऐन निर्माण गर्न लागिएको होे ।

ऐन निर्माणपछि कर्णालीमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पुग्ने अपेक्षासहित प्रदेशसभामा विद्युत्सम्बन्धी विधेयक टेबुल गरिएको छ । आज बसेको दोस्रो अधिवेशनअन्तर्गत २८औँ बैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेशसभा नियमावली, २०७९ को नियम १११ ९३० अनुसार संसद्मा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गर्नुभएको हो । उहाँले ‘प्रदेशस्तरमा उपलब्ध जलस्रोतलगायत नवीकरणीय तथा अन्य ऊर्जाका स्रोतलाई दीगोरूपमा अधिकतम् प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

विद्युत उत्पादन, प्रसारण र वितरणलाई प्रवद्र्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभरूपमा विद्युत् सेवा उपलब्ध गराउन कानुनी व्यवस्था गर्न आवश्यक भएकाले सो विधेयक ल्याइएको उहाँको भनाइ थियो ।

यसैबीच प्रदेशसभा सदस्यहरुले विशेष समयमा उठाएका समसामयिक तथा सार्वजनिक चासको विषयलाई मन्त्रीहरुले आजको बैठकमा जवाफ दिनुभएको छ । भौतिक पूर्वाधारमन्त्री मङ्गलबहादुर शाहीले मन्त्रालयको कामलाई चुस्त र दुरुस्त राख्नेगरी काम अगाडि बढिरहेको जानकारी दिनुभयो ।
उहाँले भौतिक निर्माणतर्फका काम क्षमताले भ्याएसम्म समयमै सक्नेगरी आफू लागिपरेको विश्वास दिलाउनुभयो । मन्त्री शाहीले वर्षाको समयमा कर्णालीमा पुलपुलेसा भत्किने गरेको यसबाट नागरिकलाई आवातजावात गर्न समस्या हुने गरेकाले प्रत्येक जिल्लामा रु ३० लाखका दरले बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

“अहिले वर्षायामको समयमा बाढीपहिरो आएर पुल पुलेसा र बाटा बिग्रने गरेका छन्, त्यसबाट आम नागरिकको आवातजावातमा समस्या हुने गरेको विषय माननीय सदस्यहरुले उठाउनुभएको छ । त्यसमा हामी गम्भीर छौँ ।” उहाँले भन्नुभयो, “हामीसँग पर्याप्त उपकरण र साधन नभए पनि प्रत्येक जिल्लामा समस्या आइपरे तत्काल समाधानका लागि रु ३० लाखका दरले रकम विनियोजन गरेका छौँ । त्यति मात्रै होइन कर्णालीमा निर्माणकार्य गरिरहेका ठेकेदारलाई पनि भनेका छौँ की बाढीपहिरो आएर सडक भत्किएको खण्डमा सुधारका लागि सहयोग गर्नुपर्छ भनेका छौँ ।”

यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले पशु चौपायमा देखिएको लम्पीस्किन रोग कर्णालीमा फैलिरहेकाले नियन्त्रणमा सबै तहका सरकारले सहकार्य गर्नुपर्ने बताउनुभयो । “हामीले भ्याक्सिन लगाएर नियन्त्रण गर्ने प्रयास गयौँ तर त्यो समस्या समाधान हुनसकेन । अहिले पनि लम्पीस्किन पशुहरुमा फैलिरहेको छ, यसको नियन्त्रणमा तिनै तहका सरकारले सहकार्य गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

मन्त्री शर्माले गत वर्ष प्रदेश सरकारले दूध उत्पादनमा जोड दिँदै यसमा दिएको अनुदान झन्जटिलो प्रक्रियाका कारण केही किसानले नपाएको बताउनुभयो । उहाँले आगामी दिनदेखि देखापरेका कमजोरी हटाउनेगरी मन्त्रालय लागिरहेको बताउनुभयो ।
यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ पनि मन्त्री कृष्ण जीसीले दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com