काठमाडौ साउन १७ । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० रुपैयाँ छ । यस्तै चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।








प्रतिक्रिया दिनुहोस्