ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुर अस्पतालमा रगत खपत बढ्यो कम्पोनेन्ट सेटअप मेसिन’को अभाव


एबीसी न्यूज

काठमाडौं, १६ साउन । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत मौज्दात रहेको बताइएको छ ।

यसरी वितरण गरिएको रगत ९५ प्रतिशत टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिएको जनाइएको छ । टीकापुर अस्पतालमा सुत्केरीका साथै हाडजोर्नीका बिरामी, थारू जातिमा देखिने सिकलसेलका बिरामी र अन्य शल्यक्रिया हुन थालेपछि रगतको खपत बढेको हो । अघिल्लो वर्ष एक हजार छ सय ९५ पिन्ट रगत वितरण भएको केन्द्रले जनाएको छ । अघिल्ला वर्षका तुलनामा रगत खपत बढ्दै गएको छ ।

कैलालीको टीकापुर र भजनी नगरपालिका, त्यसैगरी जानकी र जोशीपुर गाउँपालिकाले आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने नीति लिएका छन् । नीतिअनुसार ती पालिका र रेडक्रसबीच रगत प्रयोग गरेको आधारमा एकमुष्ट रकम उपलब्ध गराउने सम्झौता गरिएको छ । प्रतिपिन्ट रु एक हजार एक सय ५० का दरले पालिकाले रेडक्रसलाई रकम उपलब्ध गराउने गरेका छन् । रगत प्रयोगका आधारमा टीकापुरमा सबैभन्दा बढी छ सय ७९ पिन्ट रगत खपत भएको छ ।

यस्तै जानकी गाउँपालिकाका नागरिकले चार सय नौ, जोशीपुर गाउँपालिकाले दुई सय ४१ र भजनी नगरपालिकाले दुई सय ७२ पिन्ट रगत प्रयोग गरेका छन् । अन्य पालिकाका नागरिकले छ सय ७६ पिन्ट रगत प्रयोग गरेका छन् । रगतको खपत बढ्दै गएपछि रेडक्रसले रेडसेल ९रातो रक्तकोष०, डब्लुबिसी ९सेतो रक्तकोष० र प्लेटलेस छुट्याउने मेसिन ल्याउने योजना बनाएको छ ।

“रगतको माग दिनप्रतिदिन बढ्दै गएको छ, रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक छ”, नेपाल रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले भन्नुभयो, “यसका लागि कम्पोनेन्ट सेटअप मेसिनको आवश्यक पर्छ, त्यसैका लागि हामी लागेका छौँ ।”

उहाँले रेडक्रसलाई बलियो बनाउने सवालमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । विसं २०६६ मा आकस्मिकरूपमा रगत उपलब्ध गराउने गरी सुरु गरिएको रक्तसञ्चार केन्द्रले सुरुका दिनमा महिनामा फाट्टफुट्ट रगत उपलब्ध गराउने गरेको थियो । “अस्पतालमा सेवा विस्तारसँगै रगतको माग बढ्दै गएको छ”, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका उपसभापति जगदीश्वर पण्डितले भन्नुभयो, “दुई हजार तीन सय ६९ पिन्ट रगत उपलब्ध गराउनु भनेको सामान्य कुरा होइन, रक्तसञ्चार केन्द्रलाई अझ भरपर्दो बनाउन जरुरी छ ।”

उहाँले रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक भएकाले यसका लागि यस क्षेत्रका राजनीतिक दलका नेता र जनप्रतिनिधिले चासो देखाउन जरुरी छ भन्नुभयो । “रेडक्रसले सहुलियत दरमा रगत परीक्षण गर्ने गरेको छ भने दाँतका रोगीलाई उपचारमा सहज होस् भनेर डेन्टल क्लिनिक सञ्चालन गरेको थियो तर डाक्टर नपाएपछि हाल बन्द भएको छ”, उहाँले भन्नुभयो, “रक्तसञ्चारका कर्मचारीलाई पारिश्रमिक दिन पनि रेडक्रसको आम्दानी बढाउन जरुरी छ, यसका लागि आम्दानीको स्रोत खोज्दै आएको छौँ ।”

अहिले रेडक्रसमा पाँच प्राविधिक, एक प्रशासनतर्फ गरी छ कर्मचारी कार्यरत छन् । रेडक्रसले नियमितरूपमा रक्तादानका कार्यक्रममार्पmत रगत सङ्कलन गर्दै आएको छ । यस क्षेत्रमा भजनीका टङ्क जोशीले पिताको सम्झनामा रहेक वर्ष सयौँ पिन्ट रक्तदान कार्यक्रम गर्दै आउनुभएको छ । त्यसैगरी सन्त निरंकारी मण्डल, राजनीतिक दल र तिनका भातृ सङ्गठन, रेडक्रसका उपशाखा, जेसिजका संस्था, मानव धर्म सेवा समिति, विभिन्न विद्यालयलगायतका संस्थाले बर्सेनि रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

“रगत सङ्कलन गर्ने र वितरण गर्ने गरिएको भए पनि अझै अधिकांशमा रक्तदानको महत्वबारे ज्ञान छैन”, रक्तसञ्चार केन्द्रका संस्थापक संयोजक भुवनेश्वर अधिकारीले भन्नुभयो, “आकस्मिक सेवा सुरु गर्दा व्यापारिक पसल–पसलमा गएर रक्तदान गर्न आग्रह गर्दै कार्यक्रम गरेका हौँ ।”

उहाँले स्थापनाकालमा बजेट अभाव र चेतनाको पनि अभाव भएका कारण रगत सङ्कलन र वितरण काम धेरै कठिन थियो भन्नुभयो । “अहिले विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्दा रगत सङ्कलनमा सहज भएको छ”, उहाँले भन्नुभयो, “मानवतासँग जोडिएको विषय हो रगत, त्यसैले रक्तसञ्चार केन्द्रलाई आवश्यक पर्ने मेसिन ल्याउने विषयमा जनप्रतिनिधिले बढी चासो दिन जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com