बझाङ, १५ साउन । योङ्ग कम्युनिस्ट लिग नेपाल वाईसीएल बझाङले सत्य तथ्य घटनाको छानविन गर्न माग गरेको छ । सोमवार वाईसीएल नेपाल बझाङ जिल्ला समन्वय समितिले साउन १० गते विथ्थडचिर गाँउपालिका वडा– ७ स्याल ढुङ्गामा भएको घटनावारे सत्य तथ्य छानबिन माग गरिएको हो ।
वाईसीएल बझाङ जिल्ला ईन्चार्ज रविनजङ्ग विसि (प्रतिविम्व ) र जिल्ला सँयोजक प्रेम धामीको सँयुत्त हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।२५ वर्ष देखि चलन भोग गर्दै आएका पुट्के ओखेडाले जमिनमा घर निर्माण गर्दा स्थानीय सोहि ठाउका कृष्ण जोशी, भवानी जोशी, किथ्थे जोशी,को नेतृत्वमा ४० जना भन्दा वढीको समुहले नेपालको प्रचलित कानुनलाई हातमा लिई पुड्के ओखेडाको निर्माणाधिन घर भत्काउने काम गरेको र सो जमिनमा लगाएको वालिनालि समेत नष्ट गरि क्रूर अमानवीय व्यवहार देखाएर सामन्ती, दलाल,शैलीमा घटनाई सत्य तथ्य छानबिन गरि पिडिडलाई न्याए र दोसिलाई कडा भन्दा कडा कानुनी कारवाहि गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ,सो घटनालाई राजनीति आर्थिक सामाजिक रुपमा हस्तक्षेप गरेर पिडित पक्षलाई कमजोर पार्ने प्रयास गरेमा पिडितको पक्षको न्याएको लागि सङ्गठनले आन्दोलन गर्ने चेतावनी दिएको छ ।








प्रतिक्रिया दिनुहोस्