ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य नीति लागू गराएरै छाड्छु मन्त्री बस्नेत


एबीसी न्यूज

काठमाडौं, १५ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्नुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उहाँले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रूत गतिमा काम आफ्नो प्रयास रहने बताउनुभयो ।
“यसअघिका स्वास्थ्य क्षेत्रका प्रयास अपर्याप्त देखिए, हामी यसमा प्रयासरत छौँ”, मन्त्री बस्नेतले भन्नुभयो । स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै काम बाँकी रहेकाले आफु उक्त काममा दृढतापूर्वक लागेको उहाँको भनाइ थियो । “कर्मचारी दूर्गम जान नमान्ने, शक्तिको आडमा राजधानी र छेउछाउका जिल्ला मात्रै बस्न खोज्ने प्रवृत्तिलाई निमर्मताका साथ परास्त गरेको छु, अहिले चिकित्सकलगायत स्वास्थ्यकर्मी सरुवा र बढुवाका लागि मन्त्रालय धाउन छाडिसकेका छन्, अन्य विकृति हटाउन पहल गर्छु”, मन्त्री बस्नेतले भन्नुभयो ।
चिकित्सकलाई तनावमुक्त भएर उपचार सेवामा लाग्न उहाँले आग्रह गर्नुभयो । मन्त्री बस्नेतले हालैको अनुगमनबाट राजधानीका अधिकांश फार्मेसी बिना स्वीकृति, बिना अध्ययन र बिना अनुभवीद्वारा सञ्चालनमा आएको तथा फार्मेसिष्टभन्दा दोब्बर फार्मेसी सञ्चालनमा आएको देखिएको उल्लेख गर्दै एक सय फार्मेसी अनुमगन गर्दा एउटाले मात्र स्वीकृति लिएर सञ्चालन गरेको पाइएको जानकारी दिनुभयो ।
सङ्घीय १६ अस्पतालमा तीन हजार पाँच सय २३ शैय्या गरिब तथा विपन्नका लागि छट्याएको उल्लेख गर्दै उहाँले १० प्रतिशत सबै अस्पताल तथा मेडिकल कजेजले छुट्याउने नीति सबैले लागू नगरेकले सरकारी अनुगमनमा तीव्रता दिइएको बताउनुभयो ।
जटिल प्रकारको रोगको उपचार नेपालमै सम्भव भएकाले नेपाली स्वास्थ्य जनशक्तिलाई विश्वास गर्न उहाँले आग्रह गर्नुभयो । आगामी दुई वर्षभित्र गरिब तथा विपन्नलाई स्वस्थ्य सेवा तथा पाँच वर्षभित्र सम्पूर्ण उपचार निःशुल्क गर्ने योजना बनाएको मन्त्री बस्नेतले बताउनुभयो । धुलिखेल अस्पतालको ‘आधारभूत जीवन सहयोग’ अभियान देशब्यापी बनाउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा डा रामकण्ठ माकजू, अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा राजेन्द्र कोजू, काठमाडौँ विश्वविद्यालयका मेडिकल अफ साइन्सका डिन डा मनोज हुमागाईलगायतले ‘आधारभूत जीवन सहयोग’ अर्थात् मुटुको चाल बन्द भए छाती थिचेर मुटुलाई पूर्ववत् अवस्थामा ल्याउन सकिने प्रक्रियाबारे एम्बुलेन्स चालक, सुरक्षाकर्मीलगायत व्यावसायिक व्यक्ति हरेकले जान्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com