ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा खानेपानी आयोजनाबाट लाभ लिँदै उपभोक्ता


एबीसी न्यूज

काठमाडौं, १५ साउन । बाँकेमा विभिन्न खानोपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न थालेका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आंशिक रुपमा सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाबाट स्थानीय लाभावन्वित हुन थालेका हुन् । “पहिले धेरैजसो हाते पम्पको सहायतामा आउने खानीपानीको प्रयोग गर्थे, दुर्गम ठाँउमा कुवाको पानीसमेत खाने गर्थे”, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनीयर प्रकाशजङ्ग शाहले भन्नुभयो ।
उहाँले नेपालगञ्जमा परम्परागत रुपमा खानेपानीको उपभोग भएको उल्लेख गर्दै कतिपय स्थानमा ‘ओभरहेड’ टंयाङ्कीको खानेपानी वितरण भएको जानकारी दिनुभयो । बाँकेका विभिन्न पालिकामा रहेका खानेपानी आयोजनामा एक लाख ५० हजार लिटरदेखि चार लाख ५० हजार लिटर क्षमताका ओभरहेड ट्याङ्की निर्माण गरेर उपभोक्तलालाई खानेपानीको सुविधा प्रदान गरिएको छ ।
“कतिपय योजना अहिले पनि क्रमगत अवस्थामा नै छन्, बजेटका आधारमा कति समय लाग्छ भन्ने कुरा निर्धारण हुन्छ”, सूचना अधिकारीसमेत रहनुभएका इञ्जिनियर शाहले भन्नुभयो । जिल्लाको खास कुश्मा खानेपानी आयोजनाबाट दुई हजार दुई, ढकेरी खानेपानी आयोजनाबाट चार हजार पाँच सय २१, रझेना खानेपानी आयोजनाबाट चार हजार चार सय, नौवास्ता खानेपानी आयोजनाबाट दुई हजार चार सय ५७, खजुरा खानेपानी आयोजनाबाट चार हजार नौ सय ५० र महादेउपुरीया, कचनापुरबाट तीन हजार तीन सय ६१ उपभोक्ताले खानेपानीको प्रयोग गरिरहेका छन् ।
यस्तै विराट खानेपानी आयोजनाबाट दुई हजार एक सय ६२, पेडारी खानेपानी आयोजनाबाट दुई हजार दुई सय र खजुरा खानेपानी आयोजनाबाट दुई हजार एक सय १८ उपभोक्ता लाभावन्वित भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । यसबाहेक साना खानेपानी आयोजनाका रुपमा विभिन्न खानेपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न पाएका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नं ४ का स्थानीय रामदास थारुले ओभरहेड ट्याङ्की निर्माण भएको दुई वर्ष हुँदा पनि खानेपानीको वितरण हुन नसकेको बताउनुभयो ।
सघन खानेपानी विकास कार्यक्रमबाट लाभ लिँदै
नेपालगञ्ज उपमहानगरपालिकासहित विभिन्न गाउँपालिकामा सघन विकास कार्यक्रम र जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम तथा तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत विभिन्न खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।
बजेट अभावका कारण ती खानेपानी आयोजनाका भौतिक पूर्वाधार लगायतका आयोजनासँग सम्बन्धित काम हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रममार्फत सञ्चालन भएको खानेपानी आयोजना आठ, जलवायु अनुकूलित बृहद खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत १४ आयोजना रहेका छन् ।
डुडुवा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम दुई, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फतका आयोजना दुई रहेका छन् । नरैनापुर गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम एक, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत सात आयेजना रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम तीन, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत तीन आयोजना छन् । जानकी गाउँपालिकामा सघन खानेपानी विकास तीन, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना छ ।
कोहलपुर नगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम चार, जलवायु अनुकुलित बृहत खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना रहेका छन् । खजुरा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रमका चार, जलवायु अनुकूलित बृहत खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत छ योजना रहेका छन् ।
बैजनाथ गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम चार, जलवायु अनुकूलित बृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत दुई खानेपानी आयोजना रहेका छन् । “केही निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजना छन्, केहीमा आंशिक रुपमा खानेपानीको वितरण भइरहेको छ”, इञ्जिनीयर शाहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com