फायल फोटो
काठमाडौं, १४ साउन । काठमाडौं नयाँ बसपार्क गंगबु नजिकैको सेति गंगा गेष्ट हाउसमा जुवा खेल्दै गरेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको टोलीले उनीहरूलाई रु १० लाख ४४ हजार नेपाली रुपयाँ र २५ सय भारति रुपयाँ सहित पक्राउ गरेको हो । उक्त रकम सहित जुवाडेलाई पक्राउ गरिएको प्रहरीवृत्त महाराजगन्जका डिएसपी अंगुर जिसी जानकारी दिए ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई आइतवार राति पक्राउ गरेको हो । जुवातास, मदिरा सेवनलगायतका डान्सबारमा हुने लुटपाटका क्रियाकलाप रोक्न प्रहरीले विशेष अभियान थालेको डिएसपी जिसीले जानकारी दिए । पक्राउ परेका जुवाडेहरु लाई जुँवा ऐन अन्तर्गत कारवार्ही हुने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्