टोकियो, जापान। गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा नविन निउरे २ हजार ९५५ मत ल्याई बिजयी भएका छन् । अध्यक्ष पदका लागी ४ जनाको उम्मेदवारी परेको थियो । निउरेका निकटतम प्रतिद्वन्दी संगीता अधिकारी सुबेदीलाई १ हजार ७३५ मतले पराजित गर्दै अध्यक्षमा निउरे बिजयी भएका हुन् ।
सुबेदीले १ हजार २२० मत प्राप्त गरिन भने अरु दुइ उम्मेदवार राजकुमार श्रेष्ठले ७७७, रामकृष्ण श्रेष्ठले ४९६ मत ल्याएका थिए । त्यसैगरी ५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा सचिन श्रेष्ठ २ हजार ७१२, सुवास लामिछाने २ हजार ३८२, देबराज उप्रेती २ हजार ३८१, कृष्ण गैरे २ हजार १३१ र सिद्दार्थ श्रेष्ठ २ हजार १२१ मत सहित बिजयी भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका बिष्णु सुबेदीले १ हजार ५३८, मुक्त्तिराम खनालले १ हजार ५३६ र रुद्र मल्लले १ हजार १२९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै महिला उपाध्यक्षमा २ हजार ८१२ मत सहित एलिजा केशी भण्डारी बिजयी भएकी छन निकटतम प्रतिद्वन्दी लक्ष्मी केसी महर्जनले २ हजार ६०८ मत प्राप्त गरिन । त्यसैगरी एक महासचिव पदका लागि उम्मेदवारी दिएका टिकाराम खरेल २ हजार ७८९ मत सहित बिजयी भए भने सोही पदका अर्का दाबेदार श्याम श्रेष्ठले २ हजार ६२६ मत प्राप्त गरेका छन् । तीन सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका अर्जुन थापा २ हजार ७६२, दिपेश खत्री २ हजार ५६० र दिलिप कंडेल २ हजार १५२ मत सहित बिजयी भएका छन् ।
त्यस्तै सचिव पदमा मनोज श्रेष्ठ १ हजार ७९६, सचिन शर्मा १ हजार ६१७ र ज्ञानेन्द्र भट्टले ८९५ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्ष पदमा ३ हजार ३५ मत सहित दीपक सुनार बिजयी भएका छन भने उनका प्रतिद्वन्दी कर्साङ्ग तामाङ्गले २ हजार ३७१ मत प्राप्त गरेका छन । सह-कोषाध्यक्षमा ३ हजार २६४ मत सहित रामबहादुर थापा, महिला सदस्यमा ३ हजार ९७० मत सहित ललिता तामाङ्ग, सदस्यहरुमा दिलिप शर्मा ३ हजार ९४६, ज्योति केसी ३ हजार ४३६, बिनय गुरुङ्ग ३ हजार २६१, रामु कंडेल ३ हजार ४, ध्रुब गौतम २ हजार ९४६, नेत्र पाण्डेय २ हजार ८२४ र कृष्णप्रसाद कंडेल २ हजार ७३९ मत सहित बिजयी भएका छन् ।








प्रतिक्रिया दिनुहोस्