काठमाडौ साउन १४ । समाजवादी मोर्चामा संलग्न दलका विद्यार्थी संगठनहरुले पनि मोर्चाको घोषणा गर्दैछन् । माओवादी र विप्लव निकट अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको मोर्चा बन्ने छ ।संघीय संसद् भित्र रहेका तीनवटा दल र संसदबाहिर रहेको एउटा दलसमेत आबद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रूपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रूपमा घोषणा गर्न लागेको हुन ।च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा बिहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय गरिएको छ ।उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।








प्रतिक्रिया दिनुहोस्