ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले एमालेको पैसा खाएको देखि दरबार हत्याकाण्डसम्म ओलीको यस्तो आक्रोश !


ABC NEWS
श्रावण १२, २०८० शुक्रबार   ९ : २२   बजे

काठमाडौं १२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा ओलीले आरोपमाथि आरोप लगाए ।

उनले तत्कालीन नेकपा बन्दा पार्टी एकता भनिए पनि ुमिक्सअपु नै नभएको दाबी गरे ।

“माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन । कतिवटा संगठन नै एकता भएन । एकता भनिए पनि तेल एकातिर पानी एकातिर,” ओलीले भने, “मिक्सअप नै भएन । हुनै दिइएन ।”

उनले नेकपाका तत्कालीन अध्यक्ष प्रचण्डले त्यतिबेला छुट्टै पार्टी चलाएको आरोप लगाए । उनले प्रचण्डले एमालेको रकम खाएको आरोप पनि लगाउन भ्याए ।

“प्रचण्डले आफ्नो पार्टी अलगै राखे । मिटिङ बैठक अलगै गरिराखे । आफ्नो कार्यालय जीवित नै राखे । आफ्नो हिसाबकिताब बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले । एमालेको रकम खाए । एमालेको रकम पिए,” ओलीको आरोप छ, “सबै गरे । एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिल गरेनन् । बैंकमा भएको हिसाब पनि दाखिल गरेनन् । केही पनि दाखिल गरेनन् ।” प्रचण्डले पार्टी कब्जा गर्ने उद्देश्य राखेकाले त्यस्तो गरेको आरोप ओलीको छ ।

प्रचण्ड कांग्रेसको काँधमा कान समातेर हिँडेका छन्, कांग्रेस लुरुलुरु

ओलीले प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड नेपाली कांग्रेसको काँधमा बसेको टिप्पणी गरे । उनले आफूले कांग्रेसको दुर्गति यति चाँडै हुन्छ भनेर नसोचेको पनि बताए । कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै उनले कटाक्ष गरे ।

“कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति । माओवादीको ढाकर बोक्या हेर त,” उनले हाउभाउका साथ भने, “अहिले कांग्रेसको दुईपट्टि टिलिक्क परेका जुत्ता लगाएका खुट्टा यतापट्टि झारेर प्रचण्ड कानमा समातेर हटहट गरेर हिँड्याछन् । कांग्रेस लुरुलुरु । कांग्रेसको भाग्यमा थियो । अब कठैबरा भन्न सकिन्छ ।”

उनले कांग्रेस भ्रष्टाचारकै विरुद्ध चुँ बोल्नै नसक्ने आरोप लगाए ।

राजाको वंश विनाशबारे

ओलीले सत्ताको लडाइँ निर्मम हुने भन्दै इतिहासले यस्तो देखाएको बताए । आफ्नैले आफ्नैको हत्या गरेर छोराको टाउकोमा दोष थोपरिदिएको आरोपसमेत ओलीले लगाए । उनले तत्कालीन राजा विरेन्द्रका वंश नाश सत्ताको लडाइँमा भएको बताएका हुन् ।

“कति निर्मम हुँदो रहेछ सत्ताको लडाइँ । आफ्नैले आफ्नैलाई, आफ्नै पुजनीयलाई आफैँले।।।। दोष थोपरिदिने फेरि उसकै छोराका टाउकोमा,” ओलीले भने, “जो मारिएको छ, उसकै टाउकोमा, सप्पैलाई मार्‍यो, यताबाट लगेर गोली हान्यो रे के, चलायो दाहिने हातल पेस्तोल अरे, तर यतापट्टि लगेर बडो अप्ठेरोसँग हाने छ । यस्ता आरोप लगाउँछन् राजनीति ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group