ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले एमालेको पैसा खाएको देखि दरबार हत्याकाण्डसम्म ओलीको यस्तो आक्रोश !


ABC NEWS
श्रावण १२, २०८० शुक्रबार  ९ : २२ बजे

काठमाडौं १२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा ओलीले आरोपमाथि आरोप लगाए ।

उनले तत्कालीन नेकपा बन्दा पार्टी एकता भनिए पनि ुमिक्सअपु नै नभएको दाबी गरे ।

“माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन । कतिवटा संगठन नै एकता भएन । एकता भनिए पनि तेल एकातिर पानी एकातिर,” ओलीले भने, “मिक्सअप नै भएन । हुनै दिइएन ।”

उनले नेकपाका तत्कालीन अध्यक्ष प्रचण्डले त्यतिबेला छुट्टै पार्टी चलाएको आरोप लगाए । उनले प्रचण्डले एमालेको रकम खाएको आरोप पनि लगाउन भ्याए ।

“प्रचण्डले आफ्नो पार्टी अलगै राखे । मिटिङ बैठक अलगै गरिराखे । आफ्नो कार्यालय जीवित नै राखे । आफ्नो हिसाबकिताब बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले । एमालेको रकम खाए । एमालेको रकम पिए,” ओलीको आरोप छ, “सबै गरे । एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिल गरेनन् । बैंकमा भएको हिसाब पनि दाखिल गरेनन् । केही पनि दाखिल गरेनन् ।” प्रचण्डले पार्टी कब्जा गर्ने उद्देश्य राखेकाले त्यस्तो गरेको आरोप ओलीको छ ।

प्रचण्ड कांग्रेसको काँधमा कान समातेर हिँडेका छन्, कांग्रेस लुरुलुरु

ओलीले प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड नेपाली कांग्रेसको काँधमा बसेको टिप्पणी गरे । उनले आफूले कांग्रेसको दुर्गति यति चाँडै हुन्छ भनेर नसोचेको पनि बताए । कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै उनले कटाक्ष गरे ।

“कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति । माओवादीको ढाकर बोक्या हेर त,” उनले हाउभाउका साथ भने, “अहिले कांग्रेसको दुईपट्टि टिलिक्क परेका जुत्ता लगाएका खुट्टा यतापट्टि झारेर प्रचण्ड कानमा समातेर हटहट गरेर हिँड्याछन् । कांग्रेस लुरुलुरु । कांग्रेसको भाग्यमा थियो । अब कठैबरा भन्न सकिन्छ ।”

उनले कांग्रेस भ्रष्टाचारकै विरुद्ध चुँ बोल्नै नसक्ने आरोप लगाए ।

राजाको वंश विनाशबारे

ओलीले सत्ताको लडाइँ निर्मम हुने भन्दै इतिहासले यस्तो देखाएको बताए । आफ्नैले आफ्नैको हत्या गरेर छोराको टाउकोमा दोष थोपरिदिएको आरोपसमेत ओलीले लगाए । उनले तत्कालीन राजा विरेन्द्रका वंश नाश सत्ताको लडाइँमा भएको बताएका हुन् ।

“कति निर्मम हुँदो रहेछ सत्ताको लडाइँ । आफ्नैले आफ्नैलाई, आफ्नै पुजनीयलाई आफैँले।।।। दोष थोपरिदिने फेरि उसकै छोराका टाउकोमा,” ओलीले भने, “जो मारिएको छ, उसकै टाउकोमा, सप्पैलाई मार्‍यो, यताबाट लगेर गोली हान्यो रे के, चलायो दाहिने हातल पेस्तोल अरे, तर यतापट्टि लगेर बडो अप्ठेरोसँग हाने छ । यस्ता आरोप लगाउँछन् राजनीति ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com