ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हस्तकलाका सामग्री बनाउँदा ज्याला पनि उठ्दैन’


एबीसी न्यूज

काठमाडौ साउन १२ । कैलालीकी छोट्की चौधरी पाँच वर्षअघिसम्म बर्सातका मौसममा निकै व्यस्त रहन्थे । खेतीपाती सकेपछि उनले हातको सीप र कला प्रयोग गरेर घरमा आवश्यक ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पैनछोप्नी, पैन, हाते पङ्खालगायतका हस्तकलाका सामग्री उत्पादन गर्थे ।उनले ती सामान आफन्तलाई कोशेली दिने र उनीहरुलाई सरसामान राखेर दिन्थे ।

उनले दुई वर्षदेखि यसरी हस्तकलाका सामग्री बनाउन चटक्कै छोडे । “मलाई आजभोलि समान बनाउन मन लाग्दैन । पहिला फुर्सद हुने वित्तिकै बनाउँथे”, उनी भन्छन “आजभोलि ज्यालादारीको काममा जान्छु, काममा गए आफ्नो खर्च निस्कन्छ, त्यसबाहेक फुर्सद मिल्दैन, बनाउन छोडे ।”विगतमा खेतीपातीको कामबाट फुर्सदिला बने लगत्तै थारु महिला हातको कला र सीपको प्रयोग गरी विभिन्न सामग्री बनाउने गर्दर्थे ।

उनीहरुले प्रायः साउन, भदौँ र असोज महिनामा हातका कला र सीप प्रयोग गरी ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पैनछोप्नी, पैन, हाते पङ्खालगायतका हस्तकलाका परम्परागत सामग्री धेरै मात्रामा बनाउँथे तर अहिले हस्तकलाका सामग्री बनाउने वीरलै भेटिन्छन् । अहिले पहिलाको जस्तो फुर्सद नहुने विभिन्न कार्यमा थारु महिला पनि व्यस्त हुँदै गइरहेकाले हस्ताकलाका सामग्री बनाउने घटेका जानकी गाउँपालिका– ८ भगरैयाका तारा चौधरीले बताए । “आजभोलि बुनेर बस्ने फुर्सद हुँदैन, महिला अन्य सीप र नयाँ काम गर्न थाले”, उनले भने, “अन्य काममा कमाइ र प्रविधिको प्रयोग हुन्छ, त्यसैले पनि यो सीप हराउने चिन्ता छ ।

”प्रायः घरायसी प्रयोजन तथा श्रृङ्गारिक वस्तुका रुपमा प्रयोग हुने यी सामग्री बनाउँदा जति कलात्मकरुपमा बनाउन सकिन्छ त्यति राम्रा र आकर्षक देखिन्छन् । ढकियामा वनस्पतिलाई रङ्गले रङ्गिन बनाई सीपको प्रयोग गरी आकर्षक बनाउनका लागि बनोटअनुसारका ढाँचा र चित्र बनाउने गरेका हुन्छन् । उनीहरुले हस्तकलाका सामानमा विभिन्न पशुपन्छीको कलात्मक बुट्टा बनाएका हुन्छन् । यसरी महिनाँै लगाएर सामग्री बनाउने गर्दथे तर अहिले कला र सीप हस्तान्तरण गर्ने, सिकाउने व्यक्तिसमेत कम हँुदै गएका सुमित्रा चौधरीले बताए।

“पहिलेका युवती सीप सिक्न चाहन्थे वा अनिवार्य सिकाइन्थ्यो”, उनले भने, “आजभोलिका छोरीहरु पढ्न जान्छन्, पढाइपछिको समयमा अन्य काम थाल्छन्, घरमा बसेर बुन्ने फुर्सद आजभोलिका छोरीबुहारीलाई छैन ।”उनी नयाँ पुस्ताले पढाइलेखाइ र रोजगारीलाई बढी जोड दिन थालेकाले परम्परागत सीप हराउने चिन्ता बढेको छ । हस्तकला प्रयोग गरी श्रृङ्गारिक वस्तुका रुपमा बनाइने भएकाले सामग्री बनाउनका लागि एक किसिमको बनस्पति प्रयोग गर्नुपर्छ ।

पुन्च र कसुंगालाई रङ्गाएर बनाइने भएकाले यी वस्तुसमेत कमै मात्रामा भेटिने गरेको उनीहरुको भनाइ छ । बनाउने व्यक्तिमात्र नभई बनाउने सामग्रीको उत्पादन कम हुने भएकाले पूराना सीप भएका महिलाले समेत ढकियालगायतका सामग्री बनाउने छाडेका छन् ।श्रम र लागतका हिसाबले बजारमा पाइने प्लाष्टिक तथा भाडाका सामग्रीभन्दा यी सामग्री फरक हुन्छन् ।

आधुनिकता र अभावका नाममा थारु समुदायका महिलाले मात्र कलात्मकरुपमा बनाउने यस्ता सामग्री सिर्जना गर्ने भएकाले यसको सीप विकासका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने अगुवा सीता चौधरीले बताए । “कतिपय पालिकामा ढकिया बुन्न सिकाउने गरेको सुनिन्छ, सिकाएर मात्र हुँदैन”, उहाँले भन्नुभयो, “सीप सिकेकालाई व्यावसायिक बनाउनसमेत आवश्यक छ । व्यावसायिक रुपमा यो व्यवसाय गरेमा आम्दानी पनि हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com