ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी नाकामा चहलपहल बढ्यो


एबीसी न्यूज

काठमार्डा साउन ११ ।  चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो । सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन् ।

तीन महिनाको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको तथ्याङ्क छ । सो अवधिमा पाँच हजार दुई सय ३६ महिलासहित १० हजार छ सय ७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएका अर्यालले बताउनुभयो ।कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्यदेशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि उक्त नाकामा चहलपहल बढेको छ । पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा उत्साह थपिएको छ ।

रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन् । रसुवा–केरूङ ओहरदोहर गर्न अध्यागमन कार्यालय टिमुरेले एक सय ५० रसुवाका नागरिकलाई परिचयपत्र प्रदान गरेको छ ।बसाइँ सरी आएको कागजातका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ नयाँ परिचयपत्र जारी गरिएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ जनाको परिचयपत्र नवीकरण गरिएको अध्यागमन कार्यालयले जनाएको छ । विसं २०७२ पछि ालसम्म नयाँ, प्रतिलिपि तथा नवीकरण गरी तीन हजार तीन सय ३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएका छन् । भूकम्पकाले रसुवागढीस्थित अध्यागन कार्यालय भत्केपछि त्यहाँ रहेका अभिलेख नष्ट भएका थिए

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अमेरिकाको इरानसँगको युद्ध र सम्भावित खतरा

सम्बन्धित

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसद्‌मा नआऊन् भन्दै कांग्रेस सांसदले गरे रोस्ट्रममै प्रार्थना

बजेटमा गणेशमान सिंहको अपमान गरेको भन्दै सहरी विकासमन्त्रीलाई माफी माग्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com