ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने


एबीसी न्यूज

काठमाडौं, ८ साउन । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको भागबाट निकास तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर बर्सेनि नेपालगन्ज नगर डुबानमा पर्ने समस्या हुँदै आएकामा अहिले समस्या समाधान गर्न नाला निर्माण थालिएको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

पहिला निर्माण गर्ने कम्पनीको लापरबाहीका कारण नाला फराकिलो भए पनि बीचको भाग तीन मिटरको साँगुरो बनाएका कारण नेपालगन्जवासीले सास्ती भोग्दै आएका थिए । प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीको विशेष पहलमा उक्त समस्याबारे केन्द्रीयस्तरसम्म पहल गरिएपश्चात् सो नाला निमार्ण थालिएको स्थानीयवासीले बताए । वर्षाँैदेखिको डुवानको समस्याबारे नेपालगञ्ज सेतु विकचोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायत स्थानीयवासीले पटक–पटक नेपालगञ्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसँग आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएकामा पछि सांसद तिवारीले यो सवाललाई सङ्घीय सरकारसमक्ष पु¥याए पछि निमार्णको कार्य अघि बढेको हो ।

उहाँले नेपालगन्ज–सुर्खेत रोड सडक खण्डअन्र्तगत मुख्य नालाको निकास फराकिलो नहुँदा पानी थुनिएकाले पुललाई फराकिलो बनाएर निकास दिने काम थालिएको बताउनुभयो ।
संसाद तिवारीले भन्नुभयो, “नेपालगन्ज सहरको मुख्य समस्या ढल निकास र डुबानलाई दीर्घकालिनरूपमा समाधान गर्नुपर्दछ, त्यसका लागि मेरोतर्फबाट पहलभयो ।”

चारदिन अघि पुल चौडा गर्न काम सुरु भएको नेपालगन्जपस्थित सडक डिभिजन कार्यालय प्रमुख निरज शाक्यले बताउनुभयो । उहाँकाअनुसार नालाको चौडाई बढाउन रु ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन ले ठेक्का लिएको छ ।

नालाबाट पानी बग्ने ढललाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज सहर डुब्ने समस्या अब अन्त्य हुनेछ । नेपालगन्ज नगर भित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नाला निमार्ण भईसकेकाले वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रर्याप्त पानीको निकास थुनिएपछि सहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com