ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सय ४२ वन्यजन्तुको उद्धार


एबीसी न्यूज

काठमाडौ साउन ८ ।  चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिए । गत वर्ष १९सर्प, १३ चित्तल, छ पाटेबाघ, छ एक सिङ्गे गैँडा , पाँच सङ्कटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको उनको भनाइ थियो ।

मध्यवर्ती क्षेत्र, समुदाय तथा राष्ट्रिय वन क्षेत्रबाट सालक, कछुवा, सुनगोहोरो, गोहोरो, मगर गोही र जरायो एक–एकवटा उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए । “हामीले उद्धार गरेका वन्यजन्तु अधिकांश घाइते अवस्थामा रहेका छन्” उनले भनै , “चिकित्सकसहितको उद्धार टोली घटनास्थलमा पुगेर वन्यजन्तुको उद्धार गरेर औषधि उपचारपछि प्राकृतिक वासस्थानमा नै छोड्ने गरेका छौँ ।”

राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता सूचना केन्द्रसँग वन्यजन्तु एम्बुलेन्स रहेकाले तत्काल एम्बुलेन्स लिएर वन्यजन्तुको उद्धारमा पुग्ने गरिएको छ । सामुदायिक वन तथा बस्तीमा गएर मानिसलाई आक्रमण गर्ने बाघलाई निकुञ्जले डार्ट बन्दुकमा लठ्याउने औषधि राखेको सुई हानेर० गरेर खोरमा राख्ने गरेको छ । निकुञ्जसँग बाघ राख्ने छ वटा खोर रहेको र अहिले सबै खोरमा उद्धार गरिएका बाघ राखिएको छ ।

नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लामा फैलिएको निकुञ्जले अधिकांश वन्यजन्तु नवलपुर र चितवनका विभिन्न स्थानबाट उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दैलेखको ग्याँस एक वर्ष भित्र उपयोगमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

सम्बन्धित

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसद्‌मा नआऊन् भन्दै कांग्रेस सांसदले गरे रोस्ट्रममै प्रार्थना

बजेटमा गणेशमान सिंहको अपमान गरेको भन्दै सहरी विकासमन्त्रीलाई माफी माग्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com