ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्युन चीन फर्किनुअघि नै नेपालको गरिबी न्यूनीकरणका लागि सहयोग प्राप्त हुने


एबीसी न्यूज

काठमाडौँ, ८ साउन ।  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युआन च्या च्युनले सन् २०१९ मा चिनी राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन गरिने बताएका छन्।

आइतबार कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्कासँगको भेटमा उनले यसपटकको आफ्नो नेपाल भ्रमणको उद्देश्य सीको भ्रमणको अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमहरूको व्यवहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताए। नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, शहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवम् पर्यटन विकास, युवाहरूको आदान(प्रदान लगायतका क्षेत्रमा सहकार्यको प्रस्ताव गरे।

उनले चीनले नेपालको गरिबी न्यूनीकरणका लागि थालनी गरेको सहयोगसम्बन्धी कार्यक्रम तत्काल अघि बढ्ने पनि उनले बताए। आफ्नो भ्रमणकै क्रममा उक्त सहयोग कार्यक्रम अघि बढाइने जानकारी च्युनले दिएका थिए।

आइतबार च्युनले रक्षामन्त्री खड्कासँग शिष्टाचार भेट गरेका थिए। भेटमा रक्षामन्त्री खड्काले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवम् घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महशुस गरेको बताएका थिए। उनलेचीनले आर्थिक, सामाजिक एवम् प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्‍त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै उक्त विकास नेपालका लागि प्रेरणा हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

रास्वपाको पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ- गृहमन्त्री लेखक

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी

गृहमन्त्रीले बोलिरहँदा बेल घेर्न पुगे रास्वपाका सांसद

तीन दल एक ठाउँमा भएपछि सभामुखले पेलेरै अघि बढाए संसद्

माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको छ- राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com