ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँलाई यी खहरे हुन्, हामीजस्तो कोही छैन भन्यौं भने हामी सक्किन्छौं : गगन थापा


ABC NEWS

काठमाडौं ६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने सोच्न नहुने बताएका छन् ।

शनिबार पोखरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसभित्र धेरै आत्तिने र नयाँ पार्टीलाई केही पनि होइन भन्ने दुबै प्रवृत्ति देखिएको बताए । तर यी दुबै प्रवृत्ति गलत हो भन्दै उनले कांग्रेसको कमजोरी सुधार्न ध्यान दिनुपर्ने धारणा राखे ।

‘हामी चाहिने भन्दा बढी आत्तिएको हो कि भन्ने लागेको छ, यति धेरै आत्तिहाल्नुपर्ने कारण केही पनि छैन, त्यसैले नआत्तिऔं । सबैकुरा बिग्रियो, भत्कियो, सक्कियो भनेर आत्तिनुपर्ने केही छैन’, महामन्त्री थापाले भने, ‘तर सँगसँगै खहरे हुन्, यी ९नयाँ पार्टीहरु० केही पनि होइन, हामीसँग जति नेता कोहीसँग छैन, हामीसँग जस्तो नाम पनि कोहीसँग छैन, हामी हिजो पनि ठूलो थियौं हामीले मात्र खाएको हो भन्यौं भने हामी सकिन्छौं ।’

कांग्रेससँग ठूलो शक्ति, संगठन, विचार र नेता रहेको तर सँगसँगै केही कमजोरी पनि रहेको भन्दै थापाले ती कमजोरीलाई सच्याउनैपर्ने बताए ।

‘पार्टी सञ्चालनको तरिका हामीले बदल्नै पर्छ । बदलिएको कांग्रेसचाहिँ बलियो कांग्रेस हुन्छ’ उनले भने, ‘कांग्रेस कसैले बदल्नुपर्दैन भन्यो भने त्यो पार्टीको हितमा छैन, कांग्रेस सक्कियो सक्कियो भन्यो भने पनि पार्टीको हितमा छैन । पार्टीको हित के मा छ भने कांग्रेस बदलौं, बदलेको कांग्रेसले जनताको विश्वास आर्जन गरौं । त्यही कांग्रेस नै नेपालको विकल्प हो ।’

चुनावमा जाने बेला उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कांग्रेसभित्र ठूलो समस्या रहेको भन्दै महामन्त्री थापाले अब पार्टीभित्रै निर्वाचनको पद्धतिबाट उम्मेदवार छनोट गर्नुपर्ने धारणा राखे ।

अहिले संसारभर जहाँ पनि चुनाव हुँदा नयाँ उमेर समूहका व्यक्ति निर्वाचित भएको भन्दै उनले कांग्रेसका नेता कार्यकर्ताले यो कुरा ख्याल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com