ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्तमान गठबन्धन सरकार तोड्ने षडयन्त्र भइरहेको छ : माधव नेपाल


ABC NEWS

काठमाडौं ६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन्।

अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे।

शनिबार काठमाडौंमा आयोजित ‘समाजवाद स् बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरुले पनि प्रतिगामीहरुसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरुले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताए।

‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षडयन्त्र हुन सक्दछ। त्यसकारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन। सिद्धान्त सोचेजस्तो हुँदैन,’ नेपालले भने, छनेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ। किन यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छनरु’

अध्यक्ष नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए।

‘यो सबै अवस्था भित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरु र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरु, उसका आफ्नै सीमाहरू बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुटनुपर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौं,’ उनले भने।

अध्यक्ष नेपालले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए।

पूँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकीरसमेत उनले गरे। त्यस अवसरमा अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई अध्ययनशील बन्न पनि सचेत गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सम्बन्धित

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि

दुई सचिवको जिम्मेवारी साटफेर

यो सरकार लोकतन्त्रका लागि हानिकारक छ, ढल्नुपर्छ – स्वर्णिम वाग्ले

भिजिट भिसा प्रकरण: यी हुन् छानबिन समितिका ९ कार्यादेश

सरकारले बनाएको छानबिन समिति अपराध ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा – शाही

इरानले कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल हानेपछि ६० भारतीय उडान रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com