ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललिता निवास काण्ड : पक्राउ गर्न नमिल्ने अन्तरिम आदेश खारेज, बांकी १७ जनालाई पक्राउको बाटो खुल्यो


ABC NEWS
श्रावण ५, २०८० शुक्रबार  ५ : १५ बजे

काठमाडौँ ५ साउन । ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितले आफूहरुलाई पक्राउ नगर्न माग गर्दै गत वर्ष दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । ललिता निवास जग्गा हिनामिना प्रकरण आरोपितहरु तत्कालीन सहसचिवद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहितका १९ जना आरोपितले नेपाल प्रहरीलाई प्रतिवादी बनाएर दायर गरेको रिट शुक्रबार सर्वोच्चले खारेज गरेको हो ।

रिटको पक्षमा गत वर्ष साउनमा जारी अन्तरिम आदेशसमेत सर्वोच्चले खारेज गरिदिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत वर्ष आरोपितहरुको मागबमोजिम अन्तरिम आदेश दिएकोमा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र प्रकाश ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो । यो सँगै जग्गा हिनामिना प्रकरणका आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्नसमेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई बाटो खुलेको छ ।

गत वर्षकै अन्तरिम आदेशलाई देखाएर तत्कालीन सहसचिव देउजासहितका केही आरोपित प्रहरीले पक्राउ गरे लगत्तै छुटेका थिए ।

सीआईबीले ललित निवासको करिब १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा २०४९, २०६२, २०६६र६७ र २०६९ का विभिन्न निर्णयमा संलग्न कर्मचारी, व्यापारी, विचौलिया, तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका हकदारलगायतलाई अनुसन्धानको दायरामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

बालेनको घरको गेटमा तोडफोड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com