ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचए, नर्सिङ र फार्मेसीको शुल्क वृद्धि स्थगित


ABC NEWS

काठमाडौँ ५ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले शुल्क वृद्धिको निर्णय स्थगन गरेको छ । गत साता नर्सिङ, एचए र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरिएकोमा उक्त निर्णय हाल स्थगित भएको छ ।

शुल्क वृद्धिको निर्णय चौतर्फी विरोध भएपछि सीटीईभीटी आफ्नो निर्णयबाट पछि हटेको हो । शिक्षामन्त्री अशोककुमार राईले समेत शुल्क वृद्धिको निर्णय पुनःविचार गर्न निर्देशन दिएका थिए । सीटीइभीटीले सूचना प्रकाशित गरेर सरोकारवालासँगको छलफलपछि मात्रै शुल्क समायोजन गरिने जनाएको थियो ।

शुल्क समायोजन भन्दै नर्सिङको शुल्क डेढ लाखले वृद्धि गरिएको थियो भने फार्मेसीको शुल्क साढे ८६ हजार रुपैयाँ बढेको हो । जसमा नर्सिङ पढ्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तोकिएको थियो ।यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो ।

१० हजारभन्दा धेरै विद्यार्थीले नर्सिङ अध्ययन गर्न आवेदन दिने गरी करिब १५ सिटमा मात्रै अध्ययन गर्न सक्ने अवस्था छ । एक सय बेडको अस्पताल नभएका कलेज बन्द गरिएका कारण सिट संख्या विगत ३ वर्षदेखि घटेको हो ।

त्यस्तै एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको थियो । यसअघि ४ लाख ४ हजार शुल्क थियो । एचएको शुल्क एक लाख १९ हजारले वृद्धि भएको छ । फार्मेसीको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको छ ।

यसअघि ३ लाख ३७ हजार शुल्क थियो । निजी सम्बन्धनमा सञ्चालित शिक्षणसंस्थामा २०७१र२०७२ पछि शुल्क समायोजन गरिएको सीटीईभीटीको भनाइ छ । तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५र२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

सीटीईभीटीले २०७८ पुस ६ गतेको शिक्षामन्त्री स्तरीय निर्णयको आधारमा शुल्क वृद्धि गरेको जनाएको थियो । शैक्षिकसत्र २०८०र०८१ मा नयाँ भर्ना हुने विद्यार्थीलाई वृद्धि भएको शुल्क लागू गर्ने भनिएको थियो ।

विभिन्न विद्यार्थी संगठन लगायत चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा। गोबिन्द केसीले समेत शुल्क वृद्धिको निर्णय फिर्ता लिन आग्रह गरेका थिए । शुल्क समायोजनका लागि स्तर निर्धारण महाशाखा अर्न्तगत सीटीईभीटीले कार्यदल समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com