ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक्सरेमा डिटेक्ट भएको थियो सुन, भन्सारका कर्मचारी नचिनेपछि..


एबीसी न्यूज

काठमाडौं । क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत हङकङबाट आएको ‘अटो पार्टस्’ लेखिएको कार्गो शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा पुग्यो ।मंगलबार दिउँसो २ बजेतिर सामानको भन्सार जाँच हुँदा रेडी ट्रेड प्रा।लि। नामको कम्पनीको नाममा मोटरसाइकल र स्कुटरको १६० सेट ‘ब्रेक शु’ ८ वटा प्याकेटमा आएको देखियो । विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख नारद गौतमका अनुसार, भन्सार जाँचका क्रममा ‘फलामको कालो डल्लो’ देखियो । शंका लागेर एक उपसचिवले मोटरपाट्स भनिएको सामग्रीको पोका समेत खोलेर हेरे । तर, गौतमको भनाइमा त्यो वस्तु सुन हो भन्ने लागेन । त्यसपछि सुन विमानस्थल भन्सार कार्यालयबाट बाहिरियो । भन्सार गेटमा पूर्वसूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोली बसिरहेको थियो ।

सशस्त्र प्रहरीको सहयोगमा टोलीले त्यो सामान बोकेको बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालक अशोक लामालाई नियन्त्रणमा लियो । त्यसक्रममा विभागले ट्याक्सीभित्रका सामानलाई बरामद गर्‍यो र जाँचका लागि पठायो । बुधबार अपराह्न ६ बजेसम्ममा थाहा भयो, ती सामग्रीहरुभित्र सुन रहेछन् । त्यसपछि राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका क्रममा १० जना पक्राउ परेका छन् । बुधबार रातिसम्ममा विभागले ट्याक्सी चालक लामासहित भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलीप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ गरी ६ जनालाई पक्राउ गर्‍यो। बिहीबार विमानस्थलबाट सुन तस्करी गिरोहका हालसम्मका नाइके भनिएका चिनियाँ नागरिक जीक्वाङ लिन पक्राउ परे ।

विभागले सुनसहितको सामग्री ल्याउने कार्गोका तीन जना सञ्चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् । जानकारहरुका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको तस्करीको सुन बरामद भएका घटनाहरुमा यो नै हालसम्मको सबैभन्दा ठूलो बरामदी हो । हालसम्म कम्तिमा एक क्वीन्टल सुन बरामद भएको छ भने राजश्व अनुसन्धान विभागको सर्च अपरेशन अझै जारी रहेकाले परिमाण बढ्नसक्ने समेत देखिन्छ । यत्रो परिमाणमा सुन ल्याउने आँट संगठित योजनाविना तस्करहरुको समूहले नगर्ने जानकारहरु बताउँछन् । सामान्य मजदूरको नाममा २९ चैत २०७९ मा खुलेको कम्पनीले २९ पटक नै एउटै सामग्री आयत गर्नु र हरेक पटक उही परिमाणमा हुनु संयोग मात्र हुन नसक्ने विभागका अधिकारीहरुको भनाइ छ ।

‘५ सय अमेरिकी डलरभन्दा बढी पर्ने सामान आयात गर्दा एलसी खोल्नुपर्ने भएपनि त्योभन्दा कम मूल्यको बिलिङ गराएर पटकपटक शंकास्पद वस्तु आउँदा पनि हरेक पटक सजिलै भन्सार पास भएको छ’, राजश्व अनुसन्धान विभाग स्रोतले भन्यो, ‘यसमा भन्सारकै कर्मचारीमाथि पनि प्रश्न गर्ने ठाउँ देखिन्छ ।’ त्यसरी भन्सारबाट सजिलै पास भएको सुनको पहिलो डेलिभरी बालुवाटारस्थित चिनियाँ नागरिकको गोदाममा हुने गरेको खुलेको छ । विभागले बिहीबार चिनियाँ नागरिक जीक्वाङ लिनले लिएका कोठामा छापा मारेर शिल गरेको छ । त्यसक्रममा ६ वटा ‘शंकास्पद’ बाकस बरामद भएको छ ।अनुसन्धान अधिकारीहरुका अनुसार बालुवाटारस्थित गोदाममा तस्करको समूहले सुन राखेर भारतर्फ तस्करी गर्ने गरेको हुनसक्ने देखिउको छ । विभागले बरामद गरेको सुनसहितका स्कुटरका ‘ब्रेक शु’को तौल नेपाल राष्ट्र बैंकको टक्सार विभागले जोखेको छ । राष्ट्र बैंकले ती ‘ब्रेक शु’को तौल १५५ किलो भएको जनाएको छ । त्यसमध्ये कति सुन हो भन्ने छुट्टयाउन बाँकी छ ।

कुल एक सय ६० वटा ब्रेक शु फेला परेकोमा एउटाबाहेक सबैमा सुन रहेको बताइएको छ । राजश्व अनुसन्धान विभागले बिहीबार सुनसहितको ‘ब्रेक शु’ ल्याउने कम्पनीले नै आयात गरेको थप ६ कार्टुन सामग्री पनि बरामद गरेको छ । त्यसमा सुन भए नभएको यकिन गर्न बाँकी छ ।

कम्पनीका सञ्चालक २१ वर्षे मजदुर

राजश्व अनुसन्धान विभागका अनुसार मंगलबार समातिएको सुन रेडी ट्रेडर्स प्रालिले आयात गरेको थियो । २९ चैतमा खुलेको कम्पनीका मालिक दिलीप भुजेल दोलखाका स्थानीय हुन् । २१ वर्षीय उनी काठमाडौंको कपन क्षेत्रमा घर बनाउने ज्यालादारीको मजदुरी गर्छन् । भाउजूको घरमा बसेर मजदुरी गर्दै आएका भुजेलले ३० हजार रुपैयाँ लिएर आफ्नो नाममा कम्पनी दर्ता गर्न दिएको बयान विभागसमक्ष दिएका छन् । विभागका अनुसार, स्थापना भएको ३ महिनामा एउटै प्रकृतिको ‘ब्रेक सु’ २९ पटक सो कम्पनीले आयात गरेको देखिएको छ । ‘तीन महिनामा २९ पटक सो कम्पनीले ‘ब्रेक सु’ आयात गरेको देखिन्छ,’ विभागका एक अनुसन्धान अधिकृतले भने, ‘हरेक पटकमा १६० थानका दरले ब्रेक सु आएको देखिन्छ ।’ सो कम्पनीको कारोबार र आयातको सबै विवरण शंकास्पद रहेका कारण थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com