काठमाडौं, २१ माघ । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै तनहुँ जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन्।

निवेदनमा डा.केसीसहित डा.अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल, प्रकाशचन्द्र परियार, मनोजकुमार अधिकारी, प्रितम सुवेदी र सागर घिमिरेले हस्ताक्षर गरेका छन्।
निवेदनमा २०३० साउन २१ मा तनहुँबाट जारी भएको नागरिकताको प्रतिलिपी, नागरिकता उपलब्ध गराउँदाका मिसिल कागजपत्र, २०५३ सालमा जारी भएको सोही नागरिकताको प्रतिलिपी माग गरिएको छ।
यस्तै, काठमाडौंबाट जन्ममिति २०१० वैशाख १६ कायम गरी २०६७ सालमा पुनः निकालिएको प्रतिलिपीको तथ्य सूचना समेत माग गरिएको छ। नागरिकको सूचनाको हक अनुसार सो सम्बन्धि सूचना उपलब्ध गराइदिन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्