ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन जुवा वानएक्सबेटमा पक्राउ परेका कलाकार ५ हजार धरौटीमा रिहा


ABC NEWS

काठमाडौं २८ असार । अनलाइन जुवा सट्टेबाज वानएक्सबेटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकारसहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक खनालले कलाकारसहित ८ जनालाई ५ हजार रुपैयाँका दरले धरौटीमा छाड्न आदेश दिएका हुन्।

यस्तै वानएक्सबेटका मुख्य एजेन्ट भनिएका दिनेश खड्कालाई १० लाख र उनकी पत्नी अनिता धिताललाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन्।

कैलालीको लम्किचुहा नगरपालिका १० घर भई हाल काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी पत्नी २९ वर्षीय अनिता धितालविरूद्ध तीनवटा कसुरमा मुद्दा दायर गरिएको थियो।

युट्युबर र कलाकारहरुले नेपालमा गैरकानुनी एप्लिकेशन वान एक्स बेटको प्रचार गरेर रकम लिएको आरोप छ।

उनीहरुले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुर गरेको आरोप छ।

पक्राउ परेकाध्ये रोल्पा नगरपालिका ६ घर भई हाल कीर्तिपुर बस्ने युट्युबर २४ वर्षीय जलन घर्तीमगर, उदयपुर घर भई हाल ललितपुरको महालक्ष्मीथान बस्ने युट्युबर २८ वर्षीय एलिश राई, मुगु घर भई हाल ललितपुरको टीकाथली बस्ने १९ वर्षीय गणेश देवकोटाविरुद्ध पनि मुद्दा चलाइएको छ।

जसमध्ये प्युठान घर भई हाल काठमाडौंको कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली, गोरखा घर भई हाल काठमाडौंको बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ, स्याङ्जा घर भई काठमाडौं नयाँ बजार बस्ने राजु पौडेल, धनकुटा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने २९ वर्षीय रोशन खतिवडा, मोरङ घर भई हाल भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे र मोरङको विराटनगर महानगरपालिका ४ का २४ वर्षीय कुशल पोखरेलविरुद्ध मुद्दा दर्ता भएको हो। पोखरेलको हकमा आदेश भएको छैन। अन्य सबै कलाकारलाई ५ हजार रुपैयाँका दरले धरौटी माग गरिएको छ।

यस्तै दिनेश खड्का र अनिता धितालले क्रिप्टो करेन्सीको बित्तिय कारोबार कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ गरी सट्टाबाजि गराउने गरेको र आफू उपरको प्रमाण दबाउने कार्य गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

उक्त कार्य नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २, मुलुकी अपराध संहिता २०७४ दफा १२५ को उपदफा (४) दफा ९३ को उपदफा (१) र दफा ४३ उपदफा (१) बमोजिमको कसुर भएको प्रमाणबाट पुष्टि भएको दाबी छ।

दिनेश खड्का र अनिता धिताललाई ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ९६ को उपदफा ९१० बमोजिम उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ।

यस्तै उनीहरुसहित ११ जनालाई नै विज्ञापन नियमन ऐन अनुसार पनि सजाय गर्न माग गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार यस अभियोगमा कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणा जरिवाना र ७ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

विज्ञापन नियमन ऐन २०७६ अनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सट्टाबाजीको कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

एमाले बागमती अधिवेशन– सहमतिका लागि फेरि संशोधन गरियो निर्वाचन कार्यतालिका

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपति र उपराष्ट्रपति

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने– तपाईंका छोराले त विश्व कीर्तिमान बनाए

क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com